• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा साढे ४ करोडको लगानीमा अत्याधुनिक शीत भण्डार

  •    नरहरि पौड्याल  /३० भाद्र २०७६, सोमबार १२:५४ ,  प्रकाशीत
  • पोखरामा निजीक्षेत्रका युवा व्यवसायी र सरकारको संयुक्त लगानीमा अत्याधुनिक शीत भण्डार संचालनमा आएको छ । निजी क्षेत्रका तीन जना युवा व्यवसायी र सरकारको संयुक्त लगानीमा ६ करोड ५० लाख रुपैयाँको लागतमा पोखरा महानगरपालिका–१४, चाउथेमा शीत भण्डार सञ्चालनमा आएको हो ।

    प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको २ करोड ५० लाख र व्यवसायीको ४ करोडको लागतमा अत्याधुनिक शीत भण्डार स्थापना गरिएको हो । प्रदेश सरकारले शीत भण्डार निर्माणका लागि अनुदान रकम दिएको हो ।

    शीत भण्डारमा निजीक्षेत्रका व्यवसायी अम्मरबहादुर बानियाँ, राजेश कार्की, लेखनाथ पौडेल र सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको संयुक्त लगानीमा शीत भण्डार केन्द्र स्थापना गरिएको संचालक बानियाँले जानकारी दिए ।

    ‘पोखरा कृषि शीत भण्डार’ ३ सय मेट्रिक टन क्षमताको छ । सतप्रतिशत रसायनविहीन रूपमा प्रयोगमा आउने शीत भण्डारमा फलफूल, तरकारी र बिउबिजन भण्डारण गर्ने गरी निर्माण गरिएको छ । लामो समयसम्म फलफूल र तरकारी ताजा राख्न तथा नपाकेका फलफूल वैज्ञानिक तरिकाले पकाउन र भण्डारण गर्न सकिने पोखरा शीत भण्डार प्रालिले जनाएको छ ।

    जर्मनी र अमेरिकी प्रविधिको प्रयोग गरेर भारतको एक निर्माण कम्पनीले पोखराको चाउथेमा चिस्यान केन्द्र निर्माण गरेको हो । यो प्रविधिको प्रयोग भएको चिस्यान केन्द्र नेपालमै पहिलो भएको निर्माण सञ्चालक लेखनाथ पौडेलले जानकारी दिए ।

    उनका अनुसार यसमा स्याउ, सुन्तला, आँप, केरा, अम्बा, अनार, लिची, अंगुर, नासपातीलगायतका फलफूललाई पकाउनका लागि राख्न सकिन्छ । लामो समयसम्म ताजा राख्नका लागि पनि यसको प्रयोग गर्न सकिन्छ । त्यस्तै, तरकारी पनि ताजा राख्नका लागि यस भण्डारमा राख्न सकिने उनले बताए ।

    ‘विषादीको प्रयोग गरी फलफूल पकाउने र भण्डारण गर्नुपर्ने कृषकको बाध्यतालाई चिस्यान केन्द्रले सहयोग गर्नेछ,’ संचालक पौडेलले भने, ‘चिस्यान केन्द्रमा नेपालमा उत्पादन भएका फलफूल तथा तरकारी मात्र भण्डारण गरिनेछ ।’

    चिस्यान केन्द्रमा कुनै पनि रसायन प्रयोग नहुने हँुदा पकाइएका फलफूलको स्वादसमेत मीठो हुने उनको भनाइ छ । बहुउद्देश्यीय प्रविधिको चिस्यान केन्द्रमा तरकारी, फलफूल, माछामासु, दूध दहीलगायतका सामग्री भण्डारण गरी बजार अभावको बेला कृषकले बजारमा बेच्न सक्ने संचालक पौडेलले बताए ।

    शीत भण्डारमा राखेर पकाइएका फलफूल पूर्ण रूपमा रसायनविहीन हुने भएकाले स्वास्थ्यका लागि फाइदा पुग्ने शीत भण्डार निर्माण कम्पनी भारतीय एनएस इन्जिनीयरिङका सञ्जीव चौहानले बताए । जथाभावी रूपमा रसायन हालेर पकाएका फलफूलले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै चौहानले त्यसको विकल्पका रूपमा शीत भण्डार उपयुक्त भएको बताए ।

    प्रदेश सरकारको अनुदानमा बनेको शीत भण्डारमा स्थानीय स्तरमा उत्पादित सामग्री मात्र राख्न प्रदेश सरकारले निर्देशन दिएको छ । पोखरामा हालसम्म फलफूल तथा तरकारीको शीत भण्डार थिएन । पोखरामा आलुको शीत भण्डार भने यसअघि नै सञ्चालनमा छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.