• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ज्ञानेन्द्र शाही प्रहरी हिरातबाट छुटे, कास्की प्रवेशमा रोक

  •      /३० भाद्र २०७६, सोमबार ०८:४० ,  प्रकाशीत
  • पोखरा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले भ्रष्टाचार विरोधी अभियान चलाएको बताउने ज्ञानेन्द्र बहादुर शाह (ज्ञानेन्द्र शाही) लाई कास्कीमा प्रवेशमा रोक लगाएको छ।

    युवा संघ नेपाल कास्कीले आइतबार विज्ञप्ति जारी गर्दै शाहीलाई कास्कीमा प्रवेश निषेधको घोषणा गरेको हो । तत्कालीन वाइसिएल नेपाल कास्की र तत्कालीन युवा संघ नेपाल कास्कीका अध्यक्षद्वय भोजराज पौडेल र डिल्लीराम सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा शाहीले समाजमा भ्रम सिर्जना गर्न खोजेको र द्वन्द्व गर्न उक्साएको आरोप लगाइएको छ ।

    फेसबुक, युटुव र ट्वीटरजस्ता सामाजिक सञ्जालको दुरुपयोग गरी उनले भ्रम छरेको उनीहरुको तर्क छ । ‘ फेसबुक, ट्वीटर, युट्युव लगातका सामाजिक संजालहरुको दुरुपयोग गरी समाजमा भ्रम सिर्जना गर्न खोज्ने, द्धन्द्ध सिर्जना गर्न उक्साउनेहरु, पछिल्ला उपलब्धी र परिवर्तनको विरोधी तत्वहरुबाट प्रायोजित तथा सञ्चालीत छन् ।’

    केही दिनअघि पर्यटन मन्त्री योगेश भट्टराइकै कारण निर्धाति समयमा प्लेन नउडेको विषयलाई लिएर शाहीले विभिन्न प्रतिक्रिया दिँदै आएका छन् ।आफुलाई भ्रष्टाचार विरोधि अभियान्ता बताउने शाहीले नेपालगञ्जबाट काठमाडौँ आउन लागेको बुद्ध एयर मन्त्रीको कारण डिले भएको भन्दै प्लेनमै नारावाजी सहित हातपातको प्रयास समेत गरेका थिए ।

    ज्ञानेन्द्र शाही प्रहरी हिरासतबाट रिहा
    ज्ञानेन्द्र बहादुर शाही ललितपुर प्रहरीको हिरासतबाट रिहा भएका छन्। उनलाई गल्ती सुधार्ने शर्तमा रिहा गरिएको ललितपुर प्रहरी परिसरका डिएसपी सन्तोष तामाङले जानकारी दिए। आइतवार पुल्चोकमा गरिएको पत्रकार सम्मेलनका क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेपछि उनलाई हिरासतमा लिइएको थियो। पत्रकार सम्मेलनका क्रममा युट्युबरहरुसँग हात हालाहाल भएपछि प्रहरीले उनलाई सुरक्षाका लागि लगेको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.