• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेपाल आइडल सिजन ३ पोखरामा हुने

  •      /३० भाद्र २०७६, सोमबार ११:४४ ,  प्रकाशीत
  • अन्नपूर्ण मिडिया नेटवर्क प्रालि अन्तर्गतको एपीवान टेलिभिजनले सञ्चालन गरेको नेपाल आइडलको सिजन थ्रीको पोखरा अडिसनको तयारी पूरा भएको छ । भदौ ३१ गते मंगलबार पोखरा सिमलचौरको जनप्रिय माविमा अडिसन हुनेछ ।

    एपीवान टेलिभिजनका तथा नेपाल आइडलका प्रोजेक्ट हेड तथा निदेशक सुरेश पौडेलले अडिसन बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने जानकारी दिए । पोखरा अडिसन लागि आवश्यक सबै तयारी पुरा भएको एपिवान गण्डकी प्रदेश ब्युरोका प्रमुख सागरराज तिमिल्सिनाले जानकारी दिए ।

    पोखरापछि असोज ३ गते बुटवल, असोज ६ गते नेपालगन्ज, असोज १० गते वीरगन्ज र असोज १४ गते बिर्तामोडमा अडिसन हुनेछ ।प्रतियोगितामा भाग लिन चाहनेले फर्म भरेर ल्याउनुपर्ने छ वा त्यही पाइने फर्म भरेर बुझाउनु पर्नेछ । फर्म र प्रतियोगितमा भाग लिन कुनै शुल्क लाग्ने छैन ।

    पोखरामा हुने अडिसनमा तनहुँ, स्याङ्जा, लमजुङ, गोरखा बागलुङ, म्याग्दी र पर्वतका विभिन्न ठाउँबाट समेत अडिसनमा भाग लिन आउने निर्देशक पौडेलले बताए ।
    उनले अघिल्लो नेपाल आइडलमा भएका कमी कमजोरीलाई हटाएर अझ उत्कृष्ट कार्यक्रम बनाएको उल्लखे गरे ।

    प्रतियोगिताको निर्णायकमा संगीतकार न्ह्यू बज्राचार्य, संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा र गायिका ईन्दिरा जोशी छन् । अमेरिकन आइडलको फ्रेन्चाइज लिएर एपीवान टिभीले ३ वर्षदेखि नेपाल आइडल गायन प्रतियोगिता सुरु गरेको हो ।

    नेपाली नागरिकता भएका १६ देखि ३० वर्षभित्रका नेपालीले प्रतियोगितामा भाग लिन पाउनेछन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.