संविधान दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले आयोजना गरेको मैत्रीपूर्ण भलिबल खेलको उपाधि कर्मचारीको समूहले जितेको छ ।
बिहीबार भएको फाइनल खेलमा पश्चिमाञ्चल खेलकुद संघलाई पराजित गर्दै राष्ट्रसेवक कर्मचारी समूह विजयी भएको हो । राष्ट्रसेवक कर्मचारी समूहको नेतृत्व प्रमुख सचिव हरिप्रसाद बस्यालले गरेका थिए भने खेलकुद संघको नेतृत्व राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश गुरुङले गरेका थिए ।
पहिलो सेट आफ्नो पक्षमा पारेको खेलकुद संघ पछिल्लो ३ सेटमा पराजित हुन पुग्यो । खेलकुद संघ उद्योग वाणिज्य संघका समूहलाई पराजित गर्दै फाइनल पुगेको थियो । यस्तै, कर्मचारी समूहले मुख्य मन्त्री टिम तथा पत्रकारको टिमलाई पराजित गर्दै फाइनल पुगेको थियो ।
विजयी खेलाडीहरूलाई मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले पुरस्कार वितरण गरेका थिए ।

Related