गण्डकी मेडिकल कलेजका विद्यार्थीहरू पुनः आन्दोलित भएका छन् । कलेजमा अध्ययनरत विद्यार्थीहरूले विगतका आन्दोलनका क्रममा कलेजले गरेका प्रतिबद्धता कार्यान्वयन नगरेको भन्दै तीनबुँदे मागसहित पुनः आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनरत विद्यार्थीहरू ६ दिनदेखि पढाइनै ठप्प पारेर आन्दोलमा उत्रिएका छन् । उनीहरूले शिक्षा मन्त्रालयले मेडिकल कलेजलाई दिएको निर्देशनलाई कार्यान्वन गर्नेतर्फ शिक्षामन्त्रीले चासो नदिएको भन्दै शिक्षामन्त्रीको राजीनामासमेत मागेका छन् ।
विगतमा विद्यार्थीहरूले चरणवद्ध आन्दोलन चर्काएपछि कलेजले विद्यार्थीसँग लिएको अवैधानिक शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले २०७५ चैत ८ गते निर्देशन दिएपछि आन्दोलन टुङ्गिएको थियो । तर, कलेज प्रशासनले लामो समय बितिसक्दासमेत शिक्षा मन्त्रालयको निर्देशन कार्यान्वयन नगरेको भन्दै कलेजमा अध्ययन गरिरहेका विद्यार्थीहरू पुनः आन्दोलित भएका हुन् ।
गतसालको माघ महिनामा समेत तोकिएको भन्दा बढी शुल्क कलेजले लिने गरेको भन्दै अतिरिक्त शुल्क फिर्ताको मागसहित गण्डकी मेडिकल कलेजका विद्यार्थीहरूले आन्दोलन गरेका थिए।
आन्दोलनरत विद्यार्थीहरूले २०७५ चैत ८ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गरिएको निर्णय यथाशीघ्र कार्यान्वयन गर्न मागेका छन् ।
उनका अनुसार दोस्रो मागमा विद्यार्थीले तिरेको सम्पूर्ण रकमको बिल, भौचर र रसिद उपलब्ध गराउन माग गरिएको छ । यस्तै, तेस्रो मागमा मेडिकल कलेजभित्र रहेका विभिन्न विकृति विसंगति अन्त्य गर्न माग गरिएको छ ।
एमबीबीएस पढ्ने विद्यार्थीहरूका लागि सरकारले काठमाडौंबाहिर ४२ लाख ४५ हजार र काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार शुल्क तोकेको छ । तर, गण्डकी मेडिकल कलेजमा तोकिएको भन्दा २० देखि २५ लाख रुपैयाँसम्म बढी लिने गरिएको विद्यार्थीको गुनासो छ ।
मन्त्रालयले दिएको निर्देशनको पालना नभएपछि विभिन्न मेडिकल कलेजमा विद्यार्थीहरू फेरि आन्दोलित भएका छन् । चितवन मेडिकल कलेजका विद्यार्थीहरू पनि विगत २ सातादेखि आन्दोलित छन् । विद्यार्थीहरूले कलेजपरिसर बाहिर दिनदिनै प्रदर्शन गर्दै आएका छन् । फइल फोटो
गण्डकी मेडिकल कलेजका विद्यार्थीहरू पुनः आन्दोलित भएका छन् । कलेजमा अध्ययनरत विद्यार्थीहरूले विगतका आन्दोलनका क्रममा कलेजले गरेका प्रतिबद्धता कार्यान्वयन नगरेको भन्दै तीनबुँदे मागसहित पुनः आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनरत विद्यार्थीहरू ६ दिनदेखि पढाइनै ठप्प पारेर आन्दोलमा उत्रिएका छन् । उनीहरूले शिक्षा मन्त्रालयले मेडिकल कलेजलाई दिएको निर्देशनलाई कार्यान्वन गर्नेतर्फ शिक्षामन्त्रीले चासो नदिएको भन्दै शिक्षामन्त्रीको राजीनामासमेत मागेका छन् ।
विगतमा विद्यार्थीहरूले चरणवद्ध आन्दोलन चर्काएपछि कलेजले विद्यार्थीसँग लिएको अवैधानिक शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले २०७५ चैत ८ गते निर्देशन दिएपछि आन्दोलन टुङ्गिएको थियो । तर, कलेज प्रशासनले लामो समय बितिसक्दासमेत शिक्षा मन्त्रालयको निर्देशन कार्यान्वयन नगरेको भन्दै कलेजमा अध्ययन गरिरहेका विद्यार्थीहरू पुनः आन्दोलित भएका हुन् ।
गतसालको माघ महिनामा समेत तोकिएको भन्दा बढी शुल्क कलेजले लिने गरेको भन्दै अतिरिक्त शुल्क फिर्ताको मागसहित गण्डकी मेडिकल कलेजका विद्यार्थीहरूले आन्दोलन गरेका थिए।
आन्दोलनरत विद्यार्थीहरूले २०७५ चैत ८ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गरिएको निर्णय यथाशीघ्र कार्यान्वयन गर्न मागेका छन् ।
उनका अनुसार दोस्रो मागमा विद्यार्थीले तिरेको सम्पूर्ण रकमको बिल, भौचर र रसिद उपलब्ध गराउन माग गरिएको छ । यस्तै, तेस्रो मागमा मेडिकल कलेजभित्र रहेका विभिन्न विकृति विसंगति अन्त्य गर्न माग गरिएको छ ।
एमबीबीएस पढ्ने विद्यार्थीहरूका लागि सरकारले काठमाडौंबाहिर ४२ लाख ४५ हजार र काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार शुल्क तोकेको छ । तर, गण्डकी मेडिकल कलेजमा तोकिएको भन्दा २० देखि २५ लाख रुपैयाँसम्म बढी लिने गरिएको विद्यार्थीको गुनासो छ ।
मन्त्रालयले दिएको निर्देशनको पालना नभएपछि विभिन्न मेडिकल कलेजमा विद्यार्थीहरू फेरि आन्दोलित भएका छन् । चितवन मेडिकल कलेजका विद्यार्थीहरू पनि विगत २ सातादेखि आन्दोलित छन् । विद्यार्थीहरूले कलेजपरिसर बाहिर दिनदिनै प्रदर्शन गर्दै आएका छन् ।
फइल फोटो
Related