• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

संविधान विदसका अवसरमा प्रदेश प्रमुखको शुभकामना

  •      /२ आश्विन २०७६, बिहीबार १५:५१ ,  प्रकाशीत
  • प्रदेश प्रमुख बाबुराम कुँवरले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु लोकको लागि खुशीको विषय खुशीको विषय भएको बताएका छन् ।

    संविधान दिवस २०७६ का अवसरमा विहीबार शुभकामना सन्देश दिँदै प्रदेश प्रमुख कुँवरले यस्तो बताएका हुन् । ‘संवैधानिक मर्म र भावना बमोजिम अहिले स्थानीय, प्रदेश र संघीय सरकार क्रियाशिल छन् । तीनै तहका सरकारबाट संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सृदृढ तुल्याउन महत्वपूर्ण योगदान पुगेको छ’ प्रमुख कुँवरले जारी गरेको सन्देशमा भनिएको छ ।

    सन्देशमा संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रबद्र्धन गर्ने लक्ष्य राखेको समेत जनाइएको छ ।

    ‘वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने दिसातर्फ संविधान क्रियाशिल र चलायमान छ’ प्रदेश प्रमुखले जारी गरेको शुभकामनामा भनिएको छ,‘संविधानको यस महत्वपूर्ण भावनालाई आत्मसात गर्दै सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अंग, संवैधानिक निकाय र आमनागरिक क्रियाशील हुनु अहिलेको मुख्य आवश्यकता हो भन्ने मलाई लागेको छ ।’

    प्रदेश प्रमुख कुँवरले सन्देशमार्फत संविधान दिवसले सबैलाई संवैधानिक मूल्य एवं मान्यताहरू कार्यान्वयन गर्ने प्रेरणासहित जनजन र मनमनमा दृढ इच्छाशक्ति तथा अठोट जागृत होस् भन्ने अपेक्षा समृेत लिएका छन् ।

    उनले नेपाली जनताको लामो संघर्ष, बलिदान र दृढ संकल्पबाट प्राप्त ऐतिहासिक उपलब्धिको जगेर्ना गर्दै राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन र कर्मले लाग्न जनप्रतिनिधि, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, सबै राजनीतिक दल, गण्डकी प्रदेशवासी र देशविदेशमा रहेका सम्पूर्ण नेपालीलाईसमेत आव्हान गरेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.