• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा ट्रेड मलको ‘दशैं–तिहार उत्सव’, मोटरसाइकलदेखि डोकोभरि उपहार

  •      /२ आश्विन २०७६, बिहीबार १४:३४ ,  प्रकाशीत
  • पोखरा ट्रेड मलले दसैं तथा तिहारलाई लक्षित गरी ‘दशैं–तिहार उत्सव २०७६’ सञ्चालन गर्ने भएको छ । मलले उक्त योजनामा करिब १९ लाख रुपैयाँबराबरको उपहारको व्यवस्था गरिएको जानकारी दिएको छ ।

    मलको उत्सव व्यवस्थापन समितिका अध्यक्ष नवराज त्रिपाठीका अनुसार उक्त योजना असोज ५ देखि मंसिर ४ गतेसम्म लागू हुने बताए । उनले भने, ‘ट्रेड मलमा रहेका जुनसुकै पसलबाट ५ सय रुपैयाँबराबरको किनमेल गर्ने ग्राहकहरू यस उपहार योजनामा स्वतः सहभागी बन्नेछन् ।’

    मलका अनुसार अन्य पाँच जनालाई डोकोभरि उपहारको व्यवस्था गरिएको छ । ‘हामीले पोखरेली डोकोमा घरमा चाहिने सामानहरू उपहार दिँदैछौं,’ त्रिपाठीले भने, ‘हामीले चाडपर्वमा खुशी बाँड्न यो योजना ल्याएका हौं ।’

    त्रिपाठीका अनुसार हरेक १५ दिनमा खोल्ने गरी ‘ज्याकपट’ उपहारको पनि व्यवस्था गरिएको छ । ज्याकपट उपहार योजनामा सहभागी हुन ग्राहकले मलभित्र रहेको काउण्टरमा कम्तिमा १० वटा कुपन बुझाउनुपर्नेछ । ग्राहकले ५ सय बराबरको सामान किन्दा एउटा, २ हजारकोमा ३ वटा र ५ हजार रुपैयाँबराबरको सामान किन्दा १० वटा कुपन प्राप्न गर्ने व्यवस्था छ ।

    एउटा मात्र कुपन भए बम्पर उपहार र हरेक हप्ता ५० हजारसहित अन्य उपहार प्राप्त गर्न १० वटा कुपनबापत मल व्यवस्थापनले एउटा ज्याकपट कुपन दिनेछ । त्यही ज्याकपट कुपन हरेक १५ दिनमा एकपटक खोलिनेछ ।

    ज्याकपट उपहारमा ५० हजार नगद एक जनाले पाउनेछ भने बाँकी उपहारहरू सपिङ भौचर र २ जनालाई डोकोभरि उपहार उपलब्ध हुनेछ । मोटरसाइकल प्राप्त गर्न सकिने बम्पर उपहार भने मंसिरको ८ गते खोलिनेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.