• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशमा संविधान दिवस ; गणतन्त्र, संघीयता र लोकतन्त्र ठुलो विशेषता

  •    शुभेच्छा न्यूज संवाददाता  /३ आश्विन २०७६, शुक्रबार १०:२६ ,  प्रकाशीत
  • संविधान दिवसको अवसरमा गण्डकी प्रदेशको राजधानी पोखरामा भव्य कार्यक्रमको आयोजना गरिएको छ ।

    गण्डकी प्रदेश सरकारको आयोजनामा भएको कार्यक्रममा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, मन्त्रीहरु, राष्ट्रियसभा तथा प्रतिनिधिसभाका सांसदहरु, प्रदेशसभाका सदस्यहरु, विभिन्न निकायका प्रमुखहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न संघसंस्थाका प्रतिनिधि, संघसस्था, विद्यालयहरु, विभिन्न जातजातिका मानिस झाँकीसहित उपस्थित थिए ।

    गणतन्त्र स्थापनाका लागि शहादत प्राप्त शहीदको सम्झनामा पोखराको शहीद पार्कमा श्रद्धाञ्जली अर्पण गरियो । त्यसपछि सभागृहमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।गण्डकी प्रदेशले संविधान दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ । प्रदेश सरकारको आयोजनामा प्रदेश राजधानी पोखरामा मुल समारोह कार्यक्रम गरियो ।

    कार्यक्रममा बोल्दै प्रदेश प्रमुख बाबुराम कुँवरले गणतन्त्र, संघीयता र लोकतन्त्र संविधानको ठुलो विशेषता भएको बताए । यसलाई देश र जनताको सम्पतिको रुपमा व्याख्या गर्दै प्रमुख कुँवरले यसलाई रक्षा गनुपर्ने बताए । निरंकुश, एकीकृत र सामन्ति व्यवास्थाले सृजना गरेका सवै किसिमका उत्पिडन र विभेदको अन्त्य संविधानले गरेको भन्दै यसलाई महत्वपुर्ण उपलब्धिको रुपमा व्याख्या गरे ।

    भाषाभाषी, जातजातिवीचमा समन्वय र सहअस्तित्व कायम गरेर गतिशील र न्यायपुर्ण समाजको निर्माण गर्नु अहिलेको आवश्यकता रहेको कुरामा जोड दिदै उनले सवैलाई त्यसतर्फ लाग्न अनुरोध समेत गरे । विधिको शासनको पालानाले मात्र शासन व्यवास्था बलियो हुने तर्क गर्दै प्रमुख कुँवरले संविधान दिवसमा सवैले विधिको शासनलाई प्रण गर्नुपर्ने समेत बताए ।

    कार्यक्रमको अध्यक्ष समेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यशक्तिको स्रोत नेपाली जनतामा आउनुलाई संविधानको सवैभन्दा ठुलो उपलब्धिको रुपमा व्याख्या गरे । राजसंस्थातर्फ संकेत गर्दै मुख्यमन्त्री गुरुङले यसअघि कुनै व्यक्ति वा सानो सस्थामा निहित राजकीय सत्ता र सार्वभौम सत्ता यही संविधानमार्फत नेपाली जनताको आएको स्पष्ट पारे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.