• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

२५ करोडका लगानीमा पोखरामा बायोग्यास उद्योग सञ्चालन, दैनिक २ सय सिलिण्डर ग्यास उत्पादन हुने

  •    नरहरि पौड्याल  /४ आश्विन २०७६, शनिबार ०३:२९ ,  प्रकाशीत
  • पोखरा । पर्यटकीय नगरी पोखरामा गण्डकी उर्जा प्रालिले बायोग्यासको ब्यवसायीक उत्पादन शुरु भएको छ ।स्थानिय १४ युवाब्यवसायीले २५ करोडको लगानीमा बायोग्यास उद्योग सञ्चालनमा ल्याएका हुन् ।

    पोखरा महानगरपालिका ३२ मझुवामा स्थापना गरिएको उद्योगले अहिले दैनिक १ सय सिलिन्डर ग्यास उत्पादन गरिरहेको छ । कम्पनीले ४५ टन फोहोर प्रशोधन गरी दैनिक २ सय सिलिण्डर बायोग्यास उत्पादन गर्ने योजना रहेको जनाएको छ ।

    कम्पनीले प्रतिसिलिन्डर १ हजार १ सय ५९ रुपैयाँमा मुल्य तोकेको छ। यस कम्पनीबाट उत्पादीत बायोग्यास बजारमा पाइने एलपी ग्यासभन्दा बढी प्रज्वलनशील, सस्तो र वातावरण मैत्री रहेको उपभोक्ताको अनुभव छ ।

    पोखराको मोर्डन चाउमिन उद्योगले एलपी ग्यासमा मासिक ६५ हजार खर्च गर्दै आएको थियो । तर, पोखरामा उत्पादन हुन थालेको बायोग्यास सिलिन्डर प्रयोग गर्न थालेपछि मासिक ३५ हजारको मात्र ग्यासले महिना दिनलाई पुगेको सञ्चालक बताउँछन् ।

    स्थानीय युवा उद्यमी मिलेर प्लान्टको निर्माण गरेको गण्डकी ऊर्जा प्रालिका सञ्चालक कुशल गुरुङले बताए । उनका अनुसार प्लान्टमा अहिले गाई भैंसीको गोबर, कुखुराको सुली र बंगुरको खोरबाट निस्किएको फोहोरलाई कच्चा पदार्थकारुपमा प्रयोग गरिन्छ ।

    प्लान्टबाट उत्पादन हुने ग्यास स्थानीय उद्योग र रेष्टुरेन्टमा खपत हुने पनि गुरुङले बताए । ‘घरायसी प्रयोजनमा खपत गर्ने हो भने ८ हजार घरधुरीमा प्लान्टको ग्यास वितरण गर्न सकिन्छ,’ उनले भने ।, बायोग्यास भर्ने सिलिण्डरको मुख्य महंगो पर्ने भएका कारण ठूलोमात्रमा नियमितरुपमा ग्यास खपत हुने ठाउँहरु मात्र आफ्नो प्राथमिकतामा पर्ने सञ्चालक गुरुङले बताए ।

    नेपालमा घर घर पुर्याउनु पर्ने पाइप लाइन विस्तार गर्नेवारे सरकारको स्पष्ट नीति नभएका कारण दैनिक उत्पादन हुने ग्यास सिलिण्डरमा भरेर बिक्री गर्न थालेका छौं’उनले भने ।

    ग्यास उत्पादनसँगै प्लान्टबाट दैनिक १२ देखि १४ टन मल पनि उत्पादन हुने गुरुङको दाबी छ ।हाल भने दैनिक ५।६ टनमात्र जैविक मल उत्पादन हुने गरेको छ। मल बिक्रीबाटसमेत गण्डकी ऊर्जाले थप आम्दानी गर्ने छ ।

    प्लान्ट सञ्चालन गर्न महानगरपालिकाबाट दैनिक उत्पादन हुने फोहोरलाई समेत प्रयोग गर्न सकिन्छ । तर, महानगरपालिकाले कुहिने र नकुहिने फोहोर नछुट्याएका कारण प्रयोगमा ल्याउन नसकेको उनले बताए ।

    उद्योगमा फोहोर घोल्न तीनवटा टंकी निर्माण गरिएको छ । सुरुमा गाई, भैंसी, कुखुराको मल, घरबाट निस्कने कुहिने फोहोर र पानीको उचित मात्रा मिलाएर मिक्सिङ टंकीमा घोलिन्छ । घोल पाइपको माध्यमबाट डाइजेस्ट टंकीमा पठाइन्छ । डाइजेस्ट टंकीबाट रेसिड्यु टंकीमा पुगेपछि ग्यास पाइपमार्फत फिलिङ स्टेसनमा पठाइन्छ भने मल अर्को ठाउँमा जम्मा गरिन्छ ।

    उद्योगका मेकानिकल इञ्जिनियर जितेन्द्र रामका अनुसार यो ग्यास प्रकृतिका ज्वलनशील पदार्थहरु मिथेन, कार्बनडाइअक्साइड र हाइड्रोजन सल्फाइडको मिश्रण हो । ‘यसले जलवायु परिवर्तनलाई रोक्छ र वातावरण स्वच्छ राख्न मद्दत र्पुयाउँछ,’ उनले भने, ‘त्यसैले यसलाई सफा ऊर्जा अर्थात क्लिन इनर्जी भनिएको हो ।’
    गण्डकी प्रदेशको नवलपुर र स्याङजाको नौडाँडामा समेत यस्ता उद्योग गतबर्षबाटै सञ्चालनमा आएका छन्। तर नेपालका बायोग्यास उत्पादन गर्ने यही उद्योग सबै भन्दा ठूलो भएको कम्पनीको दावी छ ।

    सन् २०१६ मा निर्माण थालेर २ महिनाअघि परीक्षण उत्पादन थालेको उद्योगमा अहिले २५ जना कामदारहरु कार्यरत छन् । अहिले उद्योगका विभिन्न रेस्टुरेन्ट र उद्योग गरी १० वटा नियमित ग्राहक रहेका छन् ।

    पूरा क्षमतामा उत्पादन थालेपछि थप ग्राहकलाई ग्यास उपलब्ध गराउने उद्योगले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.