• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लगानी गर्ने वातावरण सुधार हँदै गएको छ ;अर्थमन्त्री खतिवडा

  •      /४ आश्विन २०७६, शनिबार १४:३५ ,  प्रकाशीत
  • अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानी गर्ने वातावरण सुधार हँदै गएको बताएका छन् । विभिन्न प्रतिवेदनले नेपालमा लगानीमैत्री वातावरण बनेको देखाएको बताउँदै उनले आर्थिक विकासको काम विस्तारै भइरहेको बताए ।

    ‘देशमा लगानी गर्ने वातावरण सुधार हँदै गएको छ,’ पोखरा उद्योग वाणिज्य संघको ६५ औं वार्षिक अधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘विभिन्न संघसंस्थाका प्रतिवेदनले पनि नेपालमा आर्थिक विकासको काम विस्तारै भइरहेको देखाउँछ ।’

    बैंकहरुको अस्वभाविक ब्याजका कारण व्यवसायीहरु मारमा परेको बताउँदै उनले त्यो समस्या समाधानका लागि सरकारले बैंकहरुसँग निरन्तर छलफल गरिरहेको जानकारी दिए । अर्थमन्त्री खतिवडाले भने, ‘बैंकको ब्याजको विषय मैले धेरै पटक सुनेको छु, यो समस्या समाधान गर्न सरकार क्रियाशील छ ।’

    कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले व्यवसाय गर्न अग्रसर बने प्रदेश सरकारले लगानी गर्ने वातावरण बनाउने बताए । फेवाताल संरक्षणको विषयमा प्रदेश सरकार गम्भीर रहेको मन्त्री लम्सालको भनाइ थियो ।

    उनले असोजदेखि पुस महिनासम्मको अवधिमा गण्डकी प्रदेशमा १५ लाख पर्यटक ल्याउने योजना रहेको सुनाए । भ्रष्टाचार नियन्त्रण गरेर लोकतन्त्रलाई बलियो बनाउने काममा प्रदेश सरकार योजना बनाएर लगाडि बढ्ने उनले जानकारी दिए ।

    संघका पूर्वअध्यक्ष समेत रहेका गण्डकी प्रदेशका सांसद विन्दु कुमार थापाले बैंकको चर्को ब्याजले व्यवसायी मर्कामा परेको बताए । उनले चुनाव ताका गरिएका घोषणा पूरा हुन नसकेको र व्यवसायीमैत्री वातावरण बन्न नसकेको भनाइ राखे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.