• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ श्रेष्ठ सहित ११ जना पक्राउ

  •      /५ आश्विन २०७६, आईतवार १६:०० ,  प्रकाशीत
  • बैंक अफ काठमाण्डुबाट भएको साढे ४ करोड कर्जा हिनामिनामा पुर्व सीईओ सहित ११ जना पक्राउ परेका छन् । नक्कली जग्गा धितो राखेर सर्वसाधारणको निक्षेप हिनामिना गर्ने कार्यमा संलग्न बैंकका कर्मचारीसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताएका छन्।

    पक्राउ पर्नेमा बैंकका तत्कालीन सीईओ अजय श्रेष्ठ, ऋणी सुरेन्द्र श्रेष्ठ, बैंकका कर्मचारीहरू सुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारीलगायत रहेको प्रहरीले जानकारी दिएको छ । पूर्व सीईओ श्रेष्ठलाई शुक्रवार पक्राउ गरिएको र अन्यलाई यसअघि नै नियन्त्रणमा लिइएको एसपी पाण्डेले जानकारी दिए । उनका अनुसार केही आरोपी अझै फरार रहेका छन् ।

    सीआईबीका अनुसार खोलाभित्रको जग्गा धितो राखेर ऋण स्वीकृत गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । बैंकका कर्मचारीहरुले खोलाको जग्गा देखाएर नक्कली लालपुर्जा लिएर कर्जा स्वीकृत गरेको पाइएको छ, जतिबेला श्रेष्ठ बैंकको सीईओ थिए । पक्राउ परेकाहरुको बयान लिने र थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.