लोक दोहोरी प्रतिष्ठान गण्डकीको अध्यक्षमा सुरेन्द्र गुरुङ
/५ आश्विन २०७६, आईतवार ०४:०७ , प्रकाशीत
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनबाट सुरेन्द्र गुरुङ अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिष्पर्धी सीता केसीलाई पराजित गर्दै अध्यक्ष बनेका हुन् ।सुरेन्द्रले १३३ मत प्राप्त गर्दा सीता केसीले ९५ मत प्राप्त गरिन् ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा पूर्ण परियार विजयी भएका छन् । उनले ११६ मत प्राप्त गर्दा अमर धितालले १०८ मत ल्याए । प्रथम उपाध्यक्षमा ३ जना भिडेकोमा केशव देवकोटा १०१ मतका साथ विजयी भए । जयकुमार परियार ३३ र शिवहरि ढुंगानाले ८८ मत प्राप्त गरे ।
द्वितीय उपाध्यक्षमा कास्की शाखाका निवर्तमान अध्यक्ष प्रेमराज अधिकारी पराजित हुन पुगे । उनलाई ४ मतले आरसी पौडेलले हराए । आरसीको ११४ र प्रेमराजको लागि ११० मत खस्यो । महिला उपाध्यक्षमा माया गुरुङ निर्विरोध चयन भईन् ।
सचिवमा राजन कार्की निर्विरोध बने । महिला सचिवमा मञ्जु बिक सर्वसम्मत भईन् । २ जना सहसचिवमा ज्योति लोहनी र रामजी पौडेल विजयी भए । रामजीले १५९ र ज्योतिले १२३ मत प्राप्तगर्दा अमित विश्वकर्माले १०१ मत प्राप्त गरे ।
कोषाध्यक्षमा ३ जना प्रतिष्पर्धामा उत्रेकोमा इन्द्रा गुरुङले बाजी मारिन् । उनले ९८ मतका साथ जित हात पार्दा शंकर पन्त ६१ र केशव घिमिरेले ५७ मत प्राप्त गरे । सहकोषाध्यक्षमा कृष्ण सुवेदी २३ मतान्तरले विजयी भए उनले १२३ मत प्राप्त गर्दा इश्वर सिंहले १०० मतमा चित्त बुझाए ।

Related