• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

म्याग्दीमा आएको बाढीले बगाउँदा दुई बालिका बेपत्ता

  •      /५ आश्विन २०७६, आईतवार ०८:१३ ,  प्रकाशीत
  • म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा खोलामा आएको बाढीले बगाउँदा २ बालिका बेपत्ता भएका छन् ।अविरल बर्षासँगै कोटखोलामा आएको बाढीले बगाउँदा स्थानीय दुई बलिका बेपत्ता भएका हुन् ।

    बाढीले बगाउँदा बगरपाँटीकी पार्वती परियारकी ९ वर्षीया छोरी प्रबिना परियार र अनिता परियारकी ६ वर्षीया छोरी अनुस्का परियार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

    बेपत्ता दुई बालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । शनिवारराति करिब सवा ११ बजेको समयमा कोटखोलामा बाढी आएपछि भाग्न खोज्द दुई बालिकालाई बाढीले बगाएको हुन सक्ने प्रहरीले जनाएको छ ।

    पार्वती परियार र अनिता परियार स्थानीय अम्बिक श्रेष्ठको जग्गा भाडा लिएर घर बनाएर बस्दै आएका थिए ।रातिको समयमा बस्तीमा बाढी पसेको स्थानीय रश्मी दमाइले बताइन् । ‘सुतिरहेको अवस्थामा राति अचनाक बाढी आएपछि हामी भागेर बाच्न सफल भयौं,’ उनले भनिन् ।

    वर्षासँगै आएको बाढीले बगरफाटँमा रहेको बुद्ध एकेडेमी बोर्डिङ स्कुल, स्थानीय रेशम जुग्जाली, अनिता परियार र पार्वती परियारको घरमा पूर्ण रुपमा क्षति पुर्‍याएको छ ।

    पार्वती परियार, अनिता परियार र रेशम जुग्जालीको घर पूर्ण रुपमा पुरिएको छ भने सुकुम्बासी रश्मी परियार, माया परियार र सेते किसानको घरमा आंशिक क्षति पुर्‍याएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.