लायन्स क्लव अन्तराष्ट्यि ३२५ बी १ नेपालका डिष्ट्क एडभाजर एवम् समाजसेवी चन्द्रकुमार केसी समाजसेवा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
सोमबार समाज कल्याण परिषद्ले काठमाण्डौमा आयोजना गरेको ४० औं सामाजिक सेवा दिवसको अवसर उपराष्ट्रपति नन्दबहादुर पुनले कदरपत्र र दोसल्लाले सम्मान गरेका हुन् ।
समाज सेवामा सर्मपित भई मानब वेचविखन बिरुद्धको अभियान, आर्थिक अवस्था कमजोर भएकाको उपचारमा सहयोग, छात्रबृत्ति, अक्षयकोष लगाएतका क्षेत्रमा २०७५ सालदेखि पु¥याएको योगदानको उच्च मुल्याङकन गदैं सम्मान गरिएको परिषद्ले जनाएको छ ।
सम्मान कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममायाँ थापा, परिषद्का पदाधिकारी लगाएत नेपाल सरकारका बिशिष्ट ब्यक्तिको उपस्थिती रहेको थियो ।सम्मानित हुने केसीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तानकी १ बर्षिया बालिका सियाना रन्तिजालाई कलेजो दान गरेका थिए ।
त्यस्तै इन्डोनेसियामा अलपत्र परेकी बेनी नगरपालिका–९ तोरिपानीकी मुना खत्री सहित नेपालीलाई उद्धारसँगै मुख्य र नेपालका दलाललाई समेत पक्राउ गर्न जोखिमपूर्ण काम गरेका थिए ।
मुख्य दलाल इन्डोनेसियाका पुरषोत्तमलाल लाई नेपालमा नाटकीय तरिकाले मानव बेचविखन तथा नियन्त्रण ब्युरोलाई पक्राउ गर्न सघाएका थिए । मानबतस्करको जालो तोड्न केसीले खेलेको भूमिकालाई समाजकल्याण परिषद्ले उच्च मुल्याङ्कन गरी सम्मान गरेको परिषद्ले जनाएको छ ।
दधिचि’ (अरुका लागि आफ्नो शरिरको अङ्ग समेत काटेर दिनसक्ने दानि व्यक्ति ) को नामले समेत चिनिने समाजसेवी केसीले लायन्स क्लवमार्फत विभिन्न स्वास्थ्य सहित सामाजिक गतिविधिलाई समेत जिल्लामा भित्राएका थिए । ‘सम्मानबाट खुसी छु,‘सामाजिक संघसंस्थामा जोडिएकाले अभियान रोकिदैन’ केसीले भन्नुभयो ।केसीलाई सोही लान्यस क्लवले समेत अन्तराष्ट्रियस्तरको अवार्डले सम्मान गरेको थियो ।

Related