पोखरा महानगरको लोगो डिजाइनर रीकलाई ५० हजार सहित सम्मान
/६ आश्विन २०७६, सोमबार १४:४५ , प्रकाशीत
पोखरा महानगरपालिकाको लोगो निमार्णकर्ता र छनोट समितिका सदस्यलाई सोमबार म्मान गरेको छ । लोगो निर्माणकर्ता पोखरा वडा नम्वर १० निवासी रीक गुरुङलाई महानगरले नगद ५० हजार र दोसल्ला सहित सम्मान गरेको हो । महानगरले सार्वजनीक सुचना मार्फत लोगो निर्माणका लागि आह्वान गरेको थियो ।
छनोट समितिमा परेका मध्य गुरुङको लोगो छानेपछि महानगरको २९औं कार्यपालिका बैठकले अनुमोदन गरेको थियो । त्यस्तै महानगरले लोगो छनोट समितिमा रहेका कार्टुनिष्ट दुर्गा बराल(बात्स्यान), कलाकार रमेश श्रेष्ठ र गोपाल श्रेष्ठलाई नगद पाँच÷पाँच हजार सहित दोसल्लाले सम्मान गरेको छ ।
सवैलाई महानगरका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङले नगद सहित दोसल्ला ओढाएर सम्मान गरे । रीक गुरुङले बनाएको लोगोमा माछापुच्छ«े हिमाल, ताल, लालुपाते, सारङ्गीको प्रयोग गरिएको छ । लोगोमा पोखराको फेवाताल, माछापुच्छेलाई महत्वका साथ झल्काइएको छ ।
देश संघीय संरचनामा गएसंगै तीन तहका सरकार गठन भएका छन् । स्थानीय,प्रदेश र सघं । उनीहरुले आआफनै लोगो प्रयोग गर्न पाउने छन् । त्यही अधिकार अनुसार पोखरा महानगरपालिकाले महानगरपालिकाले आफनौ लोगो बनाएको हो ।
सम्मानपछि बोल्दै महानगर प्रमुख जिसीले धेरै मेहनत गरेर लोगोमा पोखराको ऐतिहासिक चित्रण भएको बताए । उनले गुरुङको लोगोसंगै जीवनभर सम्झने अवस्था सृजना गरेको बताउदै बधाई ज्ञापन गरे । “पोखराको प्राकृतिक, सांस्कृतिक तथा लोकसंस्कृति झल्कने गरि डिजाईन गरिएको लोगोलाई प्राथमिकता दिएर छनोट गरिएको छनोट समितिका सदस्य एवं महानगरका प्रवत्ता धनबहादुर नेपालीले बताए ।

Related