• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा घुम्न आएकी युवतीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु

  •      /७ आश्विन २०७६, मंगलवार १४:१० ,  प्रकाशीत
  • पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवतीको मृत्यु भएको छ ।

    पोखरा महानगर २२ को खाल्से चिसापानीको फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर काभ्रकोे धुलिखेल नगरपालिकाकी २५ वर्षीया अनु भण्डारीको ज्यान गएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल शाहले पुष्टि गरे ।

    घुम्नका लागि अनुसहित करिब १० जनाको टोली भक्तपुरबाट पोखरा आएको डिएसपी शाहले बताए । ‘१० जनाको टोली पोखरा आएको भन्ने बुझिएको छ, हामीले अनुसन्धान गरिरहेका छौं,’ उनले भने ।

    मृतक भण्डारीसहित उनका केही साथी मंगलबार दिउँसो १ बजे पौडी खेल्न खोलामा पुगेका थिए । पोखरा घुम्न आएकी भण्डारी डुबेर बेपत्ता भएको खबर पाउना साथ प्रहरी खटिएको थियो । तर उनको सकुशल उद्धार भने हुन सकेन ।

    यस्तै पौडी खेल्ने क्रममै डुबेकी अर्की एक युवती भने बच्न सफल भएकी छन् । भण्डारीसँगै आएकी पनौती नगरपालिकाकी २५ वर्षीया भावना बस्नेतको भने उद्धार गरिएको छ ।

    प्रहरीका अनुसार पौडी खेल्न नजानेका उनीहरु सबै खोलामा पसेका थिए । केहीबेर छेउमा पौडिएपछि गहिरो भाग तर्फ पुग्दा उनीहरु डुबेका थिए । डुबेपछि अनु र भावनालाई उनका अरु साथीले बचाउने प्रयास गरे ।

    भावनाको साथीहरुले उनको हात समातेर बचाए । अनु भने खोलामा रहेको जालीमा अड्किएकी थिइन् । पछि प्रहरीले अनुलाई खोलाबाट निकालेको थियो । उनको शव अहिले पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

    यस्तै बस्नेतको अहिले पोखरा १७ बिरौटास्थित नमस्ते अस्पतालमा उपचार भइरहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.