अपहरणमा परेको भनी प्रहरीलाई झुक्याउने पौडेल प्रहरी नियन्त्रणमा
/७ आश्विन २०७६, मंगलवार १४:३३ , प्रकाशीत
पोखरा । पोखरामा अपहरणको अभिनय गर्ने एक जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ। लेनदेनको विषयमा कुरा नमिलेपछि अपहरणमा परेको अभिनय गर्ने पोखरा फुलवारीका नारायण प्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।
पौडेलले यही असोज ४ गते दिउसोको समयमा आफु अपहरणमा परेको भन्दै परिवार मार्फत प्रहरीलाई जानकारी दिइएको थियो । अपहरणमा परेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यलय कास्कीले खोजी अभियानलाई तिब्र पारेसंगै पौडेल स्वयं रुपन्देही जिल्ला प्रहरी कार्यालमा पुगेर आफूलाई पोखराबाट अपहरण गरी अपहरणकारीहरुले छाडेर भारततर्फ गएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए ।
प्रहरीले रुपन्देहीबाट पोखरा ल्याइ अनुसन्धान गर्दा जग्गाको कारोवार गर्ने क्रममा पैसा लेनदेनमा कुरा नमिलेपछि विपक्षीलाई फसाउनका लागी आफु अपहरणमा परेको नाटक गरेको प्रहरी समक्ष स्वीकार गरेको कास्की प्रहरीले जनाएको छ ।
अपहरणमा परेको नाटक गर्ने पौडेलले आफैँ रुपन्देही गएको र त्यहाँ गएर उजुरी दिएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपि राजकुमार केसीले जानकारी दिए । लेनदेनको विषयबाट छुटकारा पाउन पौडेलले आफ्नै अपहरणको नाटक गरेको केसीले बताए ।
पौडेललाई कास्की प्रहरीले सार्वजनिक मुद्धा मार्फत अनुसन्धान अगाडी वढाइरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राज कुमार केसीले जानकारी दिए ।‘आफुले आर्थिक हिसाब दिन बाँकी रहेका मानिसलाई फसाउनका लागि अपहरणको नाटक गरेको खुल्न आएको छ ।’ डिएसपि केसीले भने ।

Related