• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आज यसरी चम्किँदैछ तपाईको भाग्य, हेर्नुस् राशीफल

  •      /८ आश्विन २०७६, बुधबार ०२:४९ ,  प्रकाशीत
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    मनमा किसिमकिसिमका भावना पलाउने छन् । मनलाई पापमतिमा जान दिनु हुँदैन । विपरीतलिङ्गी साथीबाट मानसम्मानमा आघात पुग्न सक्छ । घरायसी खर्चमा बृद्धि हुनेछ । शरीरमा अल्छीपना र आलस्य जाग्नेछ । धन निवेश गर्नु ठिक छैन । महत्वाकाङ्क्षी योजनामा हात हाल्नु राम्रो हुँदैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । परिवारजनमा असमझदारी बढ्नेछ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुनेछ । कृषि–चौपाया र बन्दव्यापारबाट पनि भनेजस्तो लाभ हुँदैन । गोपनीयता भङ्ग हुनाले हुन लागेको काम बिग्रने छ ।

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    समाजमा साख बनाउने उपयुक्त समय छ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । बन्दव्यापारका क्षेत्रमा नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय आएको छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित भइनेछ । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    अचल सम्पति बेचबिखन गर्ने वा दीर्घकालिक लगानी गर्नु फाइदाजनक नभए पनि दैनिक कारोबारबाट फाइदा नै हुनेछ । आम्दानीमा कमी आउने छैन तर प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ, जान्नेबुझ्नेको राय लिनुपर्छ । पारिवारिक र घरायसी जीवनमा विभिन्न समस्या देखापरे तापनि तिनलाई समाधान गर्न सकिने छ । झिनामसिना काममा समय र धन खर्च हुनेछ । सहयोगीको साथ पाइने छैन, व्यस्त रहेर समय यापन हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट सुखद समाचार आउने छ । श्रमको समुचित मूल्याङ्कन नहुनाले दिक्क लाग्नेछ । पढाइलेखाइमा समय दिन सकिंदैन ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । घरायसी वातावरण पनि तपाईंको पक्षमा रहनेछ । समग्रतामा अत्यन्त राम्रो परिणाम प्राप्त हुनेछ । आज नयाँ योजना कार्यान्वयन गर्ने दिन हो । शरीरमा उत्साह, उमङ्ग र स्फूर्ति प्राप्त हुनेछ । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न आजको दिन अनुकूल छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । पेसा र व्यवसायका विविध क्षेत्रमा सफलता पाइने छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    अहिलेको समय तपाईंको पक्षमा छैन । नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्नसक्छ, अहिले सकेसम्म खर्चबर्चमा नियन्त्रण गरेकै जाति हुन्छ । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा तिक्तता आउन सक्छ, प्रतिकूल समय चल्दैछ । यात्राको योग छ तर यात्राबाट फाइदा छैन । घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । तपार्इंले भने जस्तो काम सम्पन्न हुन कठिन छ । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । अपूरा कार्य पूर्ण हुनेछन् । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । बौद्धिक र प्राज्ञिक उन्नयनको प्रयास सफल हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । समय उत्साहवद्र्धक रहला ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    सामाजिक सम्बन्ध सुदृढ हुनेछ । कर्मक्षेत्रमा व्यस्त रहनु पर्ने दिन छ । पठनपाठनमा समय दिन सकिंदैन । प्रतिस्पर्धामा विजयी भइने छ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न सकिंदैन । पेसा/व्यवसायमा भनेजस्तै लाभ मिल्नेछ । आर्थिकपक्ष कमजोर छैन, कर्मसिद्धिको समय छ, जेगरे पनि फाइदा नै छ । मान्यजन वा अभिभावकका इच्छापूर्तिका लागि समय दिनुपर्ने छ । मान्यजनको सद्भाव मिल्नाले आत्मबल तथा प्रतिष्ठाबृद्धिमा सहयोग पुग्नेछ । दिन बितेको पत्तो पाइने छैन, साँझ श्रममूलक काम गर्नेहरूले अलि बढी थाकेको अनुभूति गर्नेछन्, पौष्टिक आहारामा ध्यान दिनु राम्रो हो ।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    भाग्यस्थानमा चन्द्रमा रहे पनि धेरै उमङ्ग र उत्साह देखाउनु राम्रो हुँदैन । व्यस्त दिनचर्यामा सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने समय भएकाले दिक्क लाग्नसक्छ, संयम र लगनशील हुनुपर्छ, अन्त्यमा खुसीको वातावरण बन्नसक्छ । सामाजिक र आध्यात्मिक गतिविधिमा संलग्न हुनसके शान्तिको अनुभूति हुनेछ । छरछिमेकी र आफन्तका बीचमा सानोतिनो वैरभावको योग छ । पेसाव्यवसाय र रोजगारीका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ । नयाँ जिम्मेवारीले दूरगामी भविष्यमा सकारात्मक परिणाम प्राप्त हुनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा मिल्नसक्छ ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    मनमा कताकता चिन्ता र शङ्का भए पनि उत्साहमा कमी हुने छैन, रोकिएको काम बन्न सक्छ । उपलब्धीमूलक यात्राको योग छ । आयुक्षेत्रमा चन्द्रमा भएकाले यात्राका क्रममा सचेत भने हुनु पर्नेछ । तपाईंको राशिमा शुभ ग्रहको प्रभाव छ, त्यसैले लामो समयदेखि गर्न नभ्याएका आवश्यक काम पुनः थालनी गर्न अनुकूल समय छ । स्वास्थ्यमा सानातिना समस्या देखिए पनि यसले तपाईको काममा असर पुर्याउने छैन । बढी खर्च र यात्रा दुवै हुनसक्छ, तर आर्थिक रूपमा टेवा नै पुग्नेछ । गुप्त योजना कार्यान्वयन हुनसक्छन् । घरपरिवारमा सामान्य छ । देशदेशान्तरबाट शुभ समाचार सुन्न पाइने छ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ । घरायसी सुखका वस्तुको किनमेल हुनसक्छ । प्रणयसम्बन्ध र रतिरागका लागि समय निकाल्न सकिने छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुनसक्छ । व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । भावुकता बढ्ने समय हो, प्रेमी/प्रेमिकाको सामीप्यता बढ्ने छ । आफन्तका बीचमा आत्मीयता बढ्ने छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    आज आमा वा मामाको आशीर्वादले काम गर्न सक्छ । काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । देख्दा झिनामसिना र सानातिना काम भए पनि आजको कामले दीर्घकालिक उपलब्धी हासिल हुनेछ । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । विशेष ठाउँमा तपाईंको निर्णयको कदर हुनेछ । तर्क, बहस र वादविवादमा जीत हुनेछ । सहयोगीहरूले साथ दिनेछन् । कुनै कुरामा विचलित नभई लक्ष्यप्राप्ति तर्फ उन्मुख हुनु राम्रो हुन्छ । उद्योगधन्दा, कलकारखाना र बन्दव्यापारमा खटेजति सफलता हासिल हुनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्ने दिन हो, आज । नयाँ कुरा सिक्न पाइने छ । अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन् । बौद्धिक र लेखनकार्यमा सफलता प्राप्त हुने योग छ । बन्दव्यापार र पेसागत जीवनमा सामान्य छ । कुनै दीर्घकालिक योजनालाई मूर्त बनाउन आजको चिन्तन र उपाय महत्त्वपूर्ण बन्न सक्छ । विचारको कदर हुनेछ । भाइबहिनी र छोराछोरीका क्रियाकलापबाट सन्तुष्टि मिल्नेछ । तिनीहरूले खुसीको वातावरण सिर्जना गर्नेछन् । साथीभाइ र बन्धुबान्धवले आवश्यक मद्दत गर्नेछन् । खानपान र मनोरञ्जनका लागि राम्रै दिन छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.