प्रहरीले कृषि विकास बैंकको रकम ह्याक गरेर लुट्ने १० जनालाई पक्राउ गरेको छ । उनीहरुले कृषि विकाश बैंकको केन्द्रीय शाखाबाट करिब ५३ लाख रुपैयाँ ह्याक गरेर लुटेको प्रहरीले जनाएको छ ।
कृषि विकास बैंकको विभिन्न शाखा मार्फत ट्रान्सफर गरेर केन्द्रीय शाखाबाट सो रकम निकालेको देखिएको प्रहरीको उच्च स्रोतको दाबी छ ।
यसरी ट्रान्सफर भएको रकम निकाल्ने १० जनामध्ये तीन जनालाई आइतबार काठमाडौंबाट र अन्यलाई काठमाडौं बाहिरबाट पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ ।
पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, नुवाकोटका लेमान तामाङ, लक्ष्मी तामाङ। निर्मला तामाङलगायत रहेका छन् । यसैगरी सिरहाबाट पुष्पराज खड्का पक्राउ परेका छन् ।
उनीहरुको साथबाट प्रहरीले करिब ३१ लाख रूपैयाँ बरामद समेत गरेको छ । प्रहरी स्रोतका अनुसार ह्याकर समूहले उनीहरुलाई रकम निकाल्न प्रयोग मात्र हुनसक्ने बताइएको छ ।
‘उनीहरुलाई रकम निकाल्न प्रयोग मात्र गरेको देखिन्छ ह्याक कताबाट गरे मूख्य ह्याकर को हुन् भन्ने बारेमा हामी अनुसन्धानमा छौं,’ प्रहरी स्रोतले भन्यो ।
त्यस्तै प्रहरीले बैंकको करिब १० करोड रुपैयाँ ह्याकरको नियन्त्रबाट जोगाएको समेत दाबी गरेको छ ।

Related