• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्वास्थ्य राज्यमन्त्री यादवको स्वार्थले विद्यार्थीको भविस्यमाथि खेलवाड गरेको भन्दै गण्डकीका सांसद थापाले उठाए प्रश्न

  •      /८ आश्विन २०७६, बुधबार १४:०३ ,  प्रकाशीत
  • पोखरा । गण्डकी प्रदेशका सांसद विन्दु कुमार थापाले गण्डकी प्रदेशमा स्वास्थ्य सहायक र नसिंङ्गको विद्यार्थी भर्नामा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको स्वार्थका कारण विद्यार्थीको भविस्यमाथि गम्भीर खेलवाड गरिएको आरोप लगाएका छन् ।

    उनले पोखरा ११ काहुँमा रहेको वेस्टर्न हेल्थ साइन्स एकेडेमीले राज्यमन्त्री यादवको निर्देशनमा गण्डकी प्रदेशका विद्यार्थीहरुलाई पाखा लगाएको भन्दै संसदको ध्यानाकर्षण गराएका छन् । बुधबार गण्डकी प्रदेशसभाको विशेष समयमा बोल्दै सांसद थापाले गण्डकी प्रदेशका विद्यार्थीहरुमाथि भइरहेको अन्यायको बारेमा ध्यानाकर्षण गराएका हुन् ।

    सांसद थापाले एकेडेमीले फार्मेसी पढ्न चाहने यस क्षेत्रका विद्यार्थीहरुमाथी गम्भीर खेलवाड गरेको बताए । ‘सिटीइभीटीबाट सम्बन्धन प्राप्त यस एकेडेमीले सिटीइभीटीकै भ्रष्ट कर्मचारीसँग मिलिमतो गरी प्रदेशका विद्यार्थीलाई पाखा लगाएर अन्य प्रदेशका विद्यार्थीहरुलाई भर्ना गर्ने प्रपञ्च रचिरहेको छ’ उनले भने।‘गण्डकीका विद्यार्थीलाई फार्मेसी पढ्न बन्चित गराउने गरी अन्य प्रदेशका विद्यार्थीसँग मोटो रकम असुलेर भर्ना गर्न लागिएको जानकारी आएको छ ।’

    सांसद थापाले गण्डकी प्रदेशमा फार्मेसी पढ्न १६३ जनाले आवेदन दिएको तर, त्यसमध्ये १ सय जना भन्दा धेरै विद्यार्थी फार्मेसी पढ्न बञ्चित गराईएको आरोप लगाए। ‘यहाँका विद्यार्थीलाई भर्नाबाट बञ्चित गरेर अन्य प्रदेशका विद्यार्थीबाट लाखौँ रकम असुलेर भर्ना गर्ने खेल चलिरहेको छ’ उनले भने । सांसद थापाले स्वास्थ्य राज्य मन्त्री डा.सुरेन्द्र यादबको निर्देशनमा नर्सिङ काउन्सीललाई दबाबमा पारेर अस्पताल नभएका र कम बेड संख्या कम भएका नर्सिङ कलेजलाई कार्यक्रम सञ्चालन गर्न दिएको आरोप लगाए ।

    काहुँमा रहेको वेस्टर्न हेल्थमा गण्डकीका विद्यार्थीलाई पाखा लगाएर प्रदेश २ को सप्तरी, सिराहा र प्रदेश ५ को रुपन्देही लगायतका जिल्लाका बैकल्पीकमा रहेका विद्यार्थीलाई भर्ना गर्न खोजिएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

    उनले गण्डकीमा रहेको सिटीइभीटीको कार्यालयलाई हस्तक्षेप गरी केन्द्रीय कार्यालयबाट कागजी प्रक्रिया मिलाएर बाह्य प्रदेशका विद्यार्थी भित्र्याउन लागेको बताए । ‘पोखराको पद्म नर्सिङ कलेजलाई विधि, प्रक्रिया मिचेर किनबेच गरिँदैछ’ उनले भने, ‘विधि र प्रक्रिया नै नपुग्ने कलेजले पद्म नर्सिङ कलेज सञ्चालन गर्न केन्द्रसम्म सेटिङ मिलाइरहेको छ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.