• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेश सरकारद्धारा खुर्कोटका पहिरो पीडितलाई सहयोग

  •      /८ आश्विन २०७६, बुधबार १५:४० ,  प्रकाशीत
  • भदौ पाँच गत राती घर भन्दा माथिबाट आएको पहिरोले पुरिएर ज्यान गुमाएका पर्वतको कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटका रेमबहादुर चालिसेको परिवारलाई गण्डकी प्रदेश सरकारले राहत रकम प्रदान गरेको छ ।

    घटना लगत्तै पिडित परिवारलाई भेट्न गाउँ पुग्नुभएका गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पिडित परिवारलाई प्रदेश सरकारको तर्फवाट रु ५० लाख रुपैया सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । मन्त्री लम्सालले पिडित परिवारलाई भेटी राहत र पुर्नस्थापनाका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

    उक्त रकम बुधवार जिल्ला प्रशासन कार्यालय पर्वतमा आयोजित एक कार्यक्रमका बीच पिडित परिवारका कान्छा छोरा ज्योतीन्द्रकुमार चालिसेलाई प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले हस्तान्तरण गर्नुभएको हो ।

    सो अवसरमा प्रजिअ नेपालले उक्त घटनामा सुरक्षा निकायले ढिलो जानकारी पाउँदा उद्धारमा केहि समस्या भएको बताउँदै वर्षायाममा सवै नागरिकहरु सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले चालिसेको परिवारलाई विभिन्न क्षेत्रवाट राहतका लागि पहल भैरहेको बताउँदै यस्ता सहयोगले पिडित परिवारलाई जीवनयापनका लागि सहज हुने बताउनुभयो ।

    उहाँले पर्वतमा यस वर्ष दुईवटा दुःखद घटना भएको जानकारी दिनुभयो / घटना लगत्तै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि पिडितलाई भेट्न पुग्नुभएको थियो ।

    उक्त परिवारलाई यस अघि कुश्मा नगरपालिका, गृह मन्त्रालय, सांसद पदम गिरी, पर्वत सेवा समाज कतार, नेपाली काँग्रेस पर्वत लगायतले पनि आर्थिक सहयोग गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.