सार्वजनिक यातायातमा बिध्यार्थी सहूलियत नदियको भन्दै : अनेरास्वबियुले बुझायो ज्ञापन पत्र
तपाईको प्रतिक्रिया





पोखरा महानगरपालीकामा चल्ने सार्वजनीक वसहरुमा विद्यार्थीहरुलाई छुट नदिएको विषयमा पोखरा महानगर पालीकाका विद्यार्थीहरुले तत्काल छुट दिन माग गर्दै ज्ञापन पत्र वुझाएका छन् ।
स्मार्ट सिटी भित्रै विद्यार्थीले क्यापस विश्व विद्यालय जादा सार्वजनीक वसहरुमा पृथ्वीराजमार्गवाट संचालीत वसहरुले भाडामा छुट नदिएको भन्दै अनेरास्ववियु पोखरा महानगर कमिटीका अध्क्षय विवेक त्रिपाठी सहितको टोलीले तत्काल विद्यार्थीहरुले पाउने छुट सहज रुपमा पाउनु पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय र पोखरा महानगरपालीकाको कार्यालयमा वुझाएका छन् ।
सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५% छुट को व्यवस्थालाई गुण्डागर्दि शैलिमा पृथ्वी राजमार्ग बस व्यवसायी समितिले लादेको र विद्यार्थीलाई परिचय पत्रको आधारमा सहुलियत नदिएको हुनाले हामीले अहिले ज्ञापन पत्रको माध्यमवाट संगठनको गम्भिर ध्यानाकर्षण गराएको अध्यक्ष त्रिपाठीले वताए ।
यदी यो विषयमा सम्बन्धित निकायहरुमा ध्यान आकर्षण गर्दा गर्दै पनि बेवास्ता गरियो भने विद्यार्थीलाई परिचय पत्रको आधारमा तत्काल सहुलियत नदिएमा हामी अन्य आन्दोलन गर्न वाध्य हुने विद्यार्थी नेता विष्णु पोख्रले वताए । ज्ञापन पत्र वुझदै जिल्ला प्रशासन रमेश कुमार के.सीले विद्यार्थीले पाउनु पर्ने छुट के कराणले रोकीएको छ हामी तत्काल निर्देशन दिने वताएका छन् ।
पोखरा महानगरपालिकाका मेयर मान वहादुर जि.सी.ले के कारणले विद्यार्थीहरुले पाउन सकेनन् वुझेर तत्तकाल कार्यन्वयन गर्न लगाउने वताएका छन्। विद्यार्थी नेता विनय पराजुली महेश पौडे्ल नरेन्द्र ढकाल कृति भट्टराइ शिव गिरी समर्ण रमेश तिमिल्सिना लागायतको उपस्थिति थियो।
Related