• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

जलकुम्भीले कुरूप बन्दै फेवाताल, डुंगा चलाउनै सकस

  •    नरहरि पौड्याल  /९ आश्विन २०७६, बिहीबार ०३:०० ,  प्रकाशीत
  • बाढीपहिरो र जलकुम्भीका कारण फेवाताल कुरूप बनेको छ । फेवातालमा भरिएका जलकुम्भी झारका कारण पोखरा घुम्न आएका पर्यटक सहज रूपमा डुंगामा शयर गर्न पाएका छैनन् ।

    जलकुम्भीसँगै बाढी पहिरोले बगाइल्याएका मुढा, लेदोले फेवाताल कुरूप बनेपछि डुंगा चलाएर जीविकोपार्जन गर्दै आएका व्यवसायी रोजीरोटी समेत खोसिने चिन्तामा छन् । फेवातालको सिरानमा पर्ने हर्पन खोला र खहरे खोलाको बाढी सीधै फेवातालमा मिसिन्छन् ।

    डुंगा चलाउनै जोखिम हुनेगरी फेवाताल फोहोर बनेको डुंगा व्यवसायी विनोद जलारीले बताए । ‘तालको चारैतिर फैलिएको जलकुम्भीले तालको सुन्दरता हराएको छ,’ उनले भने । डुंगा चलाउनै नमिल्नेगरी जलकुम्भी फैलिएपछि तालबाट बजार आउने र घर फर्किने स्थानीयवासी पनि समस्यामा परेका छन् ।

    तालपारीका गाउँलेहरू घरेलु उत्पादन डुंगामार्फत पोखरा बजारसम्म विक्रीका लागि ल्याउने र दैनिक आवश्यक वस्तु खरीद गरी फर्कने गर्दछन् । तर जलकुम्भीले ताल भरिएपछि उनीहरूको आवतजावत नै रोकिएको छ । तालमा बाक्लो फैलिएको जलकुम्भी झारका कारण दैनिक डुंगामार्फत दूध बजारसम्म ल्याउन सकस परेको पुम्दी सिम्लेपात्लेका किसान गुरुदत्त बरालले बताए ।

    स्थानीय संघसंस्था, डुंगा व्यवसायी समिति, सुरक्षाकर्मी, स्थानीय आमा समूहलगायतले वर्षेनि जलकुम्भी झार तालबाट निकाल्दै आएका छन् । गत वर्षदेखि भने पोखरा महानगरपालिकाले मेशिनबाट जलकुम्भी झार फाल्ने गरेको छ । पर्यटकीय मौसम शुरू भएको बेलामा फेवाताल जलकुम्भीले ढाकिएपछि पर्यटन व्यवसायी चिन्तित छन् । मेशिनकै भरमा नियमित जलकुम्भी हटाउने हो भने करीब डेढ महीनाभन्दा बढी समय लाग्ने अपरेटर सरोज पुनले बताए ।

    ‘मेशिनले मात्रै जलकुम्भी फाल्न झन्डै दुई महीना लाग्छ,’ पोखरा महानगरपालिका फेवाताल संरक्षण आयोजनाका सुपरभाइजर ध्रुवबहादुर गोदारले भने । फेवाताल नजीकको किनारा र मुहानतर्फका क्षेत्रमा अव्यवस्थित रूपमा खनिएको मोटरबाटोका कारण वर्षैपिच्छे बाढीपहिरो आउने क्रम बढेको लेकसाइडका होटल व्यवसायी सन्दीप बरालले बताए ।

    उनका अनुसार वर्षैपिच्छे बाढी पहिरो, जलकुम्भी र मानव अतिक्रमणका कारण स्वच्छ फेवाताल कुरूप बन्दै गएको छ । फेवाताल सरसफाइका नाममा सक्रिय विभिन्न संघसंस्था र फेवाताललाई आधार बनाएर व्यवसाय गर्नेहरू फेवा बचाउन सक्रिय हुनुपर्ने उनको भनाइ छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.