• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेपालमा आठ महिनामा साढे सात लाख पर्यटकले गरे भ्रमण

  •      /९ आश्विन २०७६, बिहीबार १५:४८ ,  प्रकाशीत
  • सन् २०१९ को पहिलो आठ महिनामा ७ लाख ४२ हजार ६ सय विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। सन् २०१९ को जनवरीदेखि अगष्ट महिनासम्मको आगमन गत वर्षको तुलनामा ९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा ६ लाख १९ हजार ७ सय ६५ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

    पछिल्लो समय पर्यटकको आगमन दर सकारात्मक रुपले वृद्धि भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारीअधिकृत (सीईओ) दीपकराज जोशीले बताए। ‘निजी क्षेत्र र सरकारले अझै हातेमालो गरेर प्रर्वद्धनमा जोड दिनुपर्ने छ। त्यसबाट पर्यटन क्षेत्रमा महत्वूर्ण उपलब्धी हासिल हुनेछ,’ सीईओ जोशीले भने।

    आठ महिनामा सबैभन्दा धेरै भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन्। भारतबाट १ लाख ४२ हजार २ सय ८६ भारतीय पर्यटकले नेपाल भ्रमण गरेका हुन्। जुन गत वर्षभन्दा ६.१ प्रतिशतले बढी हो।

    त्यसैगरी, चीनबाट आउने पर्यटक संख्यमा पनि ९.८ प्रतिशतले वृद्धि भएको छ। आठ महिनामा १ लाख ६ हजार ५० चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन्।

    सार्क मुलुकबाट नेपाल भ्रमणमा आउने पर्यटक संख्यामा पनि ६.३ प्रतिशतले वृद्धि भएको छ। सार्कबाट आठ महिनामा २ लाख ४ हजार १ सय ९२ पर्यटकले नेपाल भ्रमण गरेका छन्। यस्तै, थाइल्याण्डबाट नेपाल आउने पर्यटकको दर ३८.९ र जापानबाट १२ .८ प्रतिशतले वृद्धि भएको छ।

    युरोपबाट आठ महिनामा १ लाख ३६ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन्। जसमा बेलायतबाट ३६ हजार ९ सय ७२ र जर्मनीबाट १६ हजार ३ सय २४ पर्यटकले नेपाल आएका छन्।

    त्यस्तैगरी, अमेरिकाबाट आठ महिनामा ५८ हजार ६ सय २१ पर्यटकले नेपालको भ्रमण गरेर फर्किएका छन्। जुन गत वर्षभन्दा ६ प्रतिशतले बढी होअष्ट्रेलियन पर्यटकको संख्यामा पनि ८.१ प्रतिशतले वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

    बोर्डका अनुसार अष्ट्रेलियाबाट आठ महिनामा २० हजार ८ सय १९ पर्यटकले नेपाल आएका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.