निःशुल्क सिनेटरी प्याड वितरण गर्न स्थानीय तहलाई निर्देशन
/११ आश्विन २०७६, शनिबार १४:०३ , प्रकाशीत
सरकारले देशभरिका स्थानीय तहलाई सरकारको नीति तथा कार्यक्रमअनुसार सबै सामुदायिक विद्यालयका छात्रालाई सिनेटरी प्याड निःशुल्क वितरण गर्न निर्देशन दिएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र जारी गर्दै सबै सामुदायिक विद्यालयमा अध्ययरत छात्रालाई प्याड निःशुल्क उपलब्ध गराउने सरकारको निर्णय कार्यन्वयन गराउन निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत बन्दना कर्णले जानकारी दिइन् ।
सरकारले आगामी १ कात्तिक देखि विशेष कार्यक्रम गरी प्याड वितरणको शुभारम्भ गर्ने तयारी गरेकाे छ । स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययरत छात्रालाई प्याड वितरण व्यवस्थापन गर्ने छन् ।
प्याड आवश्यक पर्ने छात्राको लागत राख्ने, वितरण गर्ने, प्रयोग भएका प्याडको उचित तरिकाले विसर्जनको व्यवस्था मिलाउने जिम्मा स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई जिम्मेवारी दिइएको छ ।
सरकारको २१ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले छात्रालाई निःशुल्क प्याड उपलब्ध गराउने निर्णय गरेको थियो । प्याडको गुणस्तर तथा मापदण्ड स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्धारण गर्ने र त्यसको लागि बजेट व्यवस्थापन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साझाकोष खडा गर्ने छ ।

Related