कांग्रेसका युवानेता गगन थापाले शनिबार ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्रमणलाई सरकार फासिस्ट हुन थालेको संकेत देखिएको बताएका छन् ।
विजया दशमीको अवसरमा आइतबार आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र ४ मा भएका विकास निर्माणका विषयमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको अन्तक्र्रियालाई सम्बोधन गर्दै थापाले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारको हस्क्षेपविरुद्ध आफू लडिरहने बताए ।
‘अधिनायकवाद पहिलेको जस्तो बाजा बजाएर आाउँदैन । अहिलेका तानाशाहहरू गोलीगट्ठा लिएर बाजा बजाएर आउँदैनन्’, थापाले भने, ‘तानाशाहरू अहिले चुनावबाट आउँछन् । सरकार बनाउँछन् । कानुन बनाउँछन् र एकपछि अर्को स्वतन्त्रा खोस्दै जान्छन् ।’
सरकारले बोल्ने स्वतन्त्रता, सम्पत्तिको हक, सांस्कृतिक हक खोस्दै गुठीको हक चलाउनेदेखि लिएर त्यसको विरोध गर्नेलाई चितवनमा गरेजस्तै राजवादी र प्रतिगमनकारी बिल्ला भिराउने योजनामा सरकार लागेको थापाले दाबी गरे ।
उनले भने, ‘चितवनको घटनामा व्यक्ति को हो ? कस्तो हो, असल हो वा खराब हो ? सहमत वा असहमत जे भए पनि छाड्दिनुस् तर एउटा नेपाली नागरिकले नेपालको माटोमा उभिएर आफ्नो विचार राख्दै गर्दा सरकारद्वारा संरक्षित, सरकारकै निर्देशन र आव्हानमा दिनदहाडै उसको ज्यान लिने गरी जाइलाग्छन् भने योभन्दा विडम्बना अरु हुन सक्दैन ।’
उनले राजा र राणासँग स्वतन्त्रताका लागि लडेको नेपाली कांग्रेसको पुस्ताले अब त्यो स्वतन्त्रता कानुन बनाएर सरकारमा बसेर खोसिँदै गर्दा चुप लागेर नबस्ने चेतावनी दिए ।

Related