• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतका अनिष लिगलिगे दौड जितेर चौथो पटक बने ‘लिगलिगे राजा’

  •      /१६ आश्विन २०७६, बिहीबार १०:२९ ,  प्रकाशीत
  • जिल्लामा बिहीबार भएको लिगलिगे दौडमा प्रथम भइ भारतीय सेनामा कार्यरत पर्वतका अनिश थापामगरले ‘लिगलिगे राजा’ को उपाधि जितेका छन् । उनी लिगलिगे दौडमा प्रथम भएको यो चौंथो पटक हो ।

    यसअघि अनिष २०७१, ०७३ र ०७५ मा पनि पहिलो भएका थिए ।। उनी चेपे र मर्स्याङ्दीको दोभानबाट लिगलिगकोटसम्मको १३.८ किलोमिटर दुरी ५७.५५ मिनेटमा पार गर्दै थापा लिगलिगे दौड जितेर लिगलिगे राजा बन्न सफल भएका हुन्। थापा भारतीय सेनामा कार्यरत छन्। सोही दुरी १ घण्टा एक मिनेट ८ सेकेण्डमा पार गरी डोटी जिल्लाका खगेन्द्रबहादुर भाट दोस्रो बन्न सफल भएका छन्।

    एकघण्टा एक मिनेट ३४ सेकेण्डमा पार गरी लम्जुङका रामजी बस्नेत तेस्रो भएका छन्। दोस्रो र तेस्रो हुने दुवै जना नेपाली सेनाका हुन्। निर्धारित दुरी एकघण्टा दुई मिनेट २२ सेकेण्डमा पार गरी सन्दीप ढकाल चौथो बन्न सफल भएका छन्।

    लिगलिगे दौडमा प्रथम हुनेलाई यस वर्षदेखि एक दिनका लागि लिगलिगे राजाका साथै एकवर्षका लागि पालुङ्टार नगरपालिकाको सद्भावना दूत पनि घोषणा गरिने भएको छ। बिहीबार एक समारोहको आयोजना गरी दसौं लिगलिगे राजा र पहिलो सद्भावना दूत घोषणा गर्ने कार्यक्रम रहेको पालुङ्टार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले जानकारी दिए।

    ‘दौडमा प्रथम हुनेलाई यसअघि एक दिनका लागि लिगलिगे राजा घोषणा गरिन्थ्यो’, उनले भने, ‘यस बर्षदेखि नयाँ कार्यक्रम ल्याएका छौं। अबदेखि जो विजयी हुन्छ, उहाँलाई एक वर्षका लागि पालुङ्टार नगरपालिकाको सद्भावना दूत बनाइनेछ। नगरपालिकाले आयोजना गरेका ठूला कार्यक्रमहरुमा उहाँलाई स-सम्मान दूतको रुपमा आमन्त्रण गराइनेछ।’ सद्भावना दूतले पनि यस क्षेत्रको पर्यटन प्रवर्धनका लागि उल्लेखनीय काम गर्ने उनले बताए।

    पालुङ्टार नगरपालिका, लिगलिगकोट विकास अभियान र रणसिंह दल गणको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न भएको स्थानीय हरि देवकोटाले जानकारी दिए।

    प्रतियोगितामा प्रथम हुनेलाई राष्ट्रिय सभाका प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेले ६० हजार १ सय रुपैयाँ, लिगलिगे राजाको र पालुङ्टार नगरपालिकाको सद्भावना दूतको दर्जा, श्रीपेच, पगरीमा सजाउने, मेडल र प्रमाणपत्र पुरस्कार दिइने कार्यक्रम रहेको मेयर कँडेलले जानकारी दिए।

    साथै उनलाई राजकीय सम्मानका साथ पालुङटार नगर परिक्रमा गराइने कार्यक्रम रहेको उनले बताए। दोस्रो हुनेलाई ३५ हजार १ सय रुपैयाँ, तेस्रो हुनेलाई २५ हजार १ सय रुपैयाँ, चौथो हुनेलाई १५ हजार र पाँचौ हुनेलाई १० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पुरस्कार रहेको आयोजकले जनाएको छ।

    प्रतियोगितामा छैठौं हुनेलाई सात हजार, सातौं हुनेलाई पाँच हजार, आठौं हुनेलाई चार हजार, नवौं हुनेलाई तीन हजार र दशौं हुनेलाई नगद दुई हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पुरस्कार दिइने आयोजकले जनाएको छ।

    सबै पुरस्कारको व्यवस्था नेपाली सेनाले गरेको रणसिँह दल गणका प्रमुख सेनानी उज्ज्वल केशीले जानकारी दिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.