कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने संसद् सचिवालयकी एक महिलाका श्रीमान-श्रीमती अलग भएका छन्।
महराले आफूलाई जवर्जस्ती करणी गरेको आरोप लगाएकी रोशनी शाहीका श्रीमान-श्रीमतीबीच सम्बन्धविच्छेदको प्रक्रिया अगाडि बढेको हो।
बिहीबार बिहान रोशनीका श्रीमान चित्रजंगले सामाजिक सञ्जाल फेसबुकमा दुई जनाबीच अलग बस्ने निर्णय भएको पत्र सार्वजनिक गरेका हुन्। उनले पत्रमा लेखेका छन्, ‘प्रीयजनहरु, थुप्रै उतार चढावका बीच हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते।
समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन्। तथापी खुशीसाथ अलग बस्ने निर्णय गरेका छौं। कानुनी प्रक्रिया निरन्तरताका साथ।’ पत्रमा श्रीमान श्रीमती दुबैले हस्ताक्षर गरेका छन् ।
आइतबार राति सभामुख महरा आफ्नो डेरामा आएर बलात्कार गरेको आरोप शाहीले लगाएकी थिइन् । शाहीको आरोपपछि महराले पदबाट राजीनामा दिइसकेका छन् । तर पीडित भनिएकी महिला शाहीले पछिल्लो समय बोली फेरेकी छिन् ।

Related