पहिलो दिन जस्तै दियो, कलश र गणेशको पूजा गरी ‘कात्यायनी’ स्वरूपा दुर्गा भवानीको विशेष पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्राडा देवमणि भट्टराई बताउँछन्।
यस दिन पनि घटस्थापनाका दिन राखिएका जमरामा जलशेचन गर्ने र दुर्गा भवानीलाई खुसी पारी शक्ति प्राप्त गर्न ‘ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे’ नवार्ण मन्त्र वा ‘ॐ दुर्गे दुर्गे रक्षिणी स्वाहा’ नवाक्षर मन्त्र १०८ पटक जपी दुर्गा सप्तशती या चण्डीपाठ गर्नुपर्ने मार्कण्डेय पुराणमा उल्लेख छ।
पौराणिक मान्यताअनुसार ‘कत’ नामका महर्षिका पुत्र कात्य भए र तिनै कात्यको गोत्रमा प्रसिद्ध ऋषि कात्यायन जन्मिए। कात्यायनले घोर तपस्या गरी जन्माएकी पुत्री कात्यायनी देवीका नामले प्रसिद्ध भइन्। महिषासुर वध गरेकाले उनी ‘महिषासुरमर्दिनी’ नामले पनि चिनिन्छिन्।
मस्तकमा अर्धचन्द्र धारण गरेकी, नाना प्रकारका अलंकार या आभूषणबाट सुशोभित भएकी, चार हात भएकी, दाहिने हातमा वर तथा अभय मुद्रा प्रदर्शित गरिरहेकी तथा देबे्र हातमा पद्म, पुष्प तथा तरबार धारण गरेकी स्वरूपमा कात्यायनी देवीलाई मानिन्छ।
भगवान् श्रीकृष्णलाई पतिका रूपमा पाउन ब्रजका गोपिनीले उनै कात्यायनी देवीको आराधना गरेका थिए। कात्यायनी देवीको पूजापाठको प्रभावलेअविवाहिताको यथाशीघ्र विवाह हुने र धर्म, अर्थ, काम तथा मोक्ष प्राप्त गर्न सकिने शास्त्रीय मान्यता छ।
त्यस्तै, शास्त्रमा उमा, गौरी, काली, हेमावती वा ईश्वरीका नामले पनि उनका अनेकौं नाम उल्लेख गरिएको छ। उनमा काली र चण्डिका पनि निहित रहेको यजुर्वेदको तैत्तिरीय आरण्यकमा बताइएको छ।
स्कन्द पुराणमा उल्लेख भएअनुसार उनी परमेश्वरको नैसर्गिक क्रोधबाट उत्पन्न भएकी थिइन्, जसले देवी पार्वतीले दिएको सिंहमा चढेर महिषासुरको वध गरेकी थिइन्।

Related