दसैंको किनमेल होस् वा घरायसी सपिङ, पार्दी विरौटाकी सुनीता बराललाई किनमेल गर्न पोखराको मुख्य बजार चिप्लेढुङ्गा नआई चित्तै बुझ्दैन । सानोतिनो किनमेलदेखि दसैंतिहारको किनमेल गर्नसमेत चिप्लेढुङ्गा नै आइपुग्छिन् उनी ।
‘विरौटामा पनि थुप्रै सपिङ मल र व्यावसायिक प्रतिष्ठाननहरू छन् तर, म सधैं यहीँ आउँछु’ बराल भन्छिन्, ‘यहाँ गुणस्तरीय सामानसँगै चहलपहल नै रमाइलो लाग्छ ।’ बराल मात्र होइन, धेरैलाई यहाँको गुणस्तरीय ब्राण्डका सामानसँगै त्यहाँको माहौलले चाडबाडको रौनक दिलाउँछ । त्यसैले उनीहरू दैनिक प्रयोग हुने घरायसी खाद्यवस्तु किन्न होस् वा लत्ता कपडा किन्न होस्, चिप्लेढुङ्गा नै पुग्ने गर्दछन् ।
दसैंको आगमनसँगै पोखराका अधिकांश सपिङमलदेखि फुटपाथसम्म किनमेल गर्नेको भीड बढिरहेको छ । पोखराको महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक, पालिखेचोक, सिद्धार्थचोक, सभागृहचोकलगायतका क्षेत्रमा किनमेल गर्नेको अत्यधिक भीडभाडले गर्दा यति बेला मानिसहरूको चाप बढेको छ ।
साँघुरो बाटो आवतजावत गर्ने मानिसको भीडले बजारका मुख्यचोकहरूमा आवतजावत गर्न निकै मुश्किल थियो । ठूलाठूला ब्याग भिरेर हिँड्ने बटुवाहरूको संख्या उत्तिकै थियो । व्यापार गर्नेहरूका लागि दसैं सबैभन्दा ठूलो सिजन पनि हो । त्यस कारण पनि उनीहरू भ्याई नभ्याई देखिन्थे । ‘किन्नेहरू भन्दा हेर्नेहरू धेरै आउँछन्,’ चिप्लेढुङ्गा फेन्सी व्यवसायी तोरन थापाले भने, ‘हेर्नेहरू आउँदा पनि खुशी लाग्छ ।’
व्यवसायी थापाले चाडबाड नै व्यापार व्यवसाय गर्ने व्यवसायीहरूको मुख्य सिजन भएको बताए । ‘हामी व्यापारीका लागि त सबैभन्दा ठूलो सिजन नै यही हो,’ उनले भने ‘यही सिजनमा कमाएको पैसाले नै अन्य बेलाको खर्च जोहो गर्नुपर्छ ।’
दसैं मनाउन लागि विभिन्न पेशा तथा व्यवसाय गरेका व्यक्तिहरू आफ्नो जन्मथलो जानेहरूले आफ्ना परिवारका लागि केही न केही नयाँ सामान किनेर लगिदिने भएकाले पनि बजारमा भीड भएको उपभोक्ताहरू बताउँछन् । उनी मात्र होइन । धेरै व्यापारीले दसैंकै लागि भनेर ठूलो मात्रामा आवश्यक सामग्री र कामदारको समेत व्यवस्था गरेका छन् ।
व्यवसायी दसैं शुरू भएदेखि नै आवश्यक जनशक्तिको व्यवस्था मिलाउने गरेका व्यापारीहरू बताउँछन् । सडकका पसल मात्र होइनन्, पोखराका भित्री गल्लीका पसलमा पनि उस्तै भीड छ । दसैंको चहलपहल शुरू भएसँगै फुटपाथ व्यापारीहरू पनि रमाएका छन् ।
उनी मात्र होइनन्, व्यस्त ठाउँहरूलाई लक्षित गर्दै हातमै कपडा लिएर डुलाउँदै हिँड्ने व्यापारी पनि सडकमा प्रशस्तै देखिन्छन् । दसैं खर्च जोहोका लागि हातमै कपडा बोकेर व्यापार गरिरहेको उनीहरू बताउँछन् ।
यस्तै, दसैं मनाउन विभिन्न ठाउँबाट आएका सर्वसाधारण पनि किनमेलमा व्यस्त हुँदा मुख्य बजार क्षेत्रमा चाप बढेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी बताउँछन् । दसैंमा खाद्यान्न, लत्ताकपडा र हिमाली भेगबाट ल्याएका भेडाच्याङग्रासहित मासु खाने प्रचलनले गर्दा दसैंको अवसरमा अर्थतन्त्र चलायमान हुने अध्यक्ष अधिकारीको अनुभव छ ।

Related