विन्ध्यवासिनी मन्दिरमा विधि पूर्वक फुलपाती भित्राएको छ । सरकारकै तर्फबाट परम्परागत रुपमा मनाइदै आएको विधि पूर्वक फुलपाती भित्राएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए ।
निमिक्त प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल प्रमुख कर्ताको रुपमा सहभागी भई विधि पूर्वक पूजा आज गरी फुलपाती भित्राइएकोे हो । “ परम्परा देखि चलि आएको विन्ध्यवासिनी मन्दिरमा फुलपाती भित्राउने परम्परालाई यसपाली पनि हामीले निरन्तरता दिएका र्छौं,प्रजिअ केसीले भने / एउटा बोको काट्ने चलन रहेछ, साथै र्याली सहित सुरक्षाका तीनै अंग सहभागी भई सलामी दिने प्रचलनलाई हामीले यसपालि पनि निरन्तरता दिएका छौं ।
विन्ध्यवासिनी मन्दिर र कास्कीको कास्कीकोटमा नेपाल सरकारकै तर्फबाट विधि पूर्वक पूजा आजा गरी फुलपाती भित्राउने प्रचलन रहिआएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सदस्य रामजी प्रसाद कोइरालाले बताए ।
यस अघि पोखराको मानव अधिकारचोकबाट सुरु भएकोे फुलपाती सहितको र्याली भिमसेन मन्दिर, नालाकोमुख, मोहोरीयाटोल हुदै मन्दिरमा पुगेर समापन भएको थियो ।

Related