अज्ञात समुहद्वारा पर्किङ्गमा राखिएका आधा दर्जनभन्दा बढी मोटरसाइकलमा आगजनी
/२३ आश्विन २०७६, बिहीबार ०४:४८ , प्रकाशीत
धनुषाको जनकनन्दनी गाउँपालिकामा एकै स्थानमा पार्किङ्ग गरि राखिएको आधा दर्जनभन्दा बढी मोटरसाईकल र ३ वटा साइकलमा आगजनी भएको छ ।
धनुषाको पुर्वी क्षेत्रमा पर्ने जनकनन्दिनी गाउँपालिका वडा नम्बर ३ स्थित प्रखे महुवामा पार्किङ गरि राखिएको एक वडाअध्यक्षको मोटरसाइकलसहित ९ वटा मोटरसाइकल र ३ वटा साईकलमा अज्ञात समुहले गरेको आगलगी हुँदा जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक राजन थापाले आज विहान अन्दाजी ३ः३० बजेको समयमा पार्किङ गरि राखिएको मोटरसाइकलमा आगजनी हुँदा जलेर पूर्ण रुपमा नष्ट भएको जानकारी दिए ।
सार्वजनिक स्थलमा पार्किङ्ग गरी राखिएको ज ९ प ७६२५ , स १ प ४३८१, स ८ प ७७१८ , ज १ प ९३३ र ज ६ प ७९९५ नम्बरको नेपाली प्लेटका मोटरसाइकलहरु जलेर नष्ट भएको छ भने बिआर ३२ एन ५३३९, बिआर ३२ एफ ९३००, बिआर ३२ भि ३०८४, बिआर ३२ एफ ६०७८ भारतीय नम्बर प्लेटको मोटरसाइकल समेत जलेर नष्ट भएको छ ।

Related