• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

चिनियाँ राष्ट्रपति सी आज नेपाल आउँदै

  •      /२५ आश्विन २०७६, शनिबार ०४:५९ ,  प्रकाशीत
  • चीनका राष्ट्रपति सी चिनफिङ दुईदिने राजकीय भ्रमणका क्रममा आज नेपाल आउँदैछन् । सी अपराह्न करिब ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष विमानबाट अवतरण हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ समकक्षी सी आज नेपाल आउन लागेका हुन् । सी करिब ९० जना प्रतिनिधिमण्डलसहित काठमाडौं ओर्लदैछन् । राष्ट्रपतिसँग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का दुई पोलिटब्युरो सदस्य, विदेशमन्त्री वाङ यी तथा सिपिसी तिब्बतका सेक्रेटरीसहितका उच्च अधिकारी प्रतिनिधिमण्डलमा सामेल हुने जनाइएको छ ।

    सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै स्वागत गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीसँगै सीको स्वागतका लागि विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित हुने छन् । चिनियाँ राष्ट्रपति सीलाई नेपाली सेनाले विमानस्थलमै गार्ड अफ अनर दिने कार्यक्रम रहेको छ । उनको सम्मानमा २१ तोपको सलामी पनि दिइनेछ ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक वार्ताका लागि शुक्रबार चेन्नेईको महावलीपुरम पुगेका सी त्यहाँबाट सीधै काठमाडौं आउन लागेका हुन् । २३ वर्षपछि चीनका राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको हो । तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जमिनपछि सी नेपाल नेपाल भ्रमणमा आएका हुन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.