हत्या अभियोगमा नेकपा सांसद पार्वत गुरुङविरुद्ध पक्राउ पुर्जी
/२९ आश्विन २०७६, बुधबार १२:५७ , प्रकाशीत
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद पार्वत गुरुङविरुद्ध ज्यान मार्ने उद्योग अभियोगमा पक्राउ पुर्जी जारी भएको छ ।
तत्कालीन नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा दोलखाबाट भारी मतसहित बिजयी बनेका गुरुङविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । उनीमाथि दोलखाकै वीरध्वज खड्काले ज्यान मार्ने उद्योग अभियोगमा मुद्दा दायर गरेका थिए ।
नेकपाका केन्द्रीय सदस्यसमेत रहेका गुरुङलाई अदालतको आदेश अनुसार गत ८ असोजमै जिल्ला प्रहरी कार्यालय दोलखामार्फत पक्राउ पुर्जीको म्याद तामेल गरिसकिएको उच्च प्रहरी स्राेतको भनाइ छ ।
गुरुङलाई गत ८ असोजमा जिल्ला प्रहरी कार्यालयमै बोलाएर अदालतको म्याद थमाइएको स्राेतको दाबी छ ।
म्याद तामेल भए पनि उनलाई पक्राउ गर्न थप निर्देशन नआएका कारण पक्राउ गर्ने तत्परता भने प्रहरीले देखाएको छैन । जिल्ला अदालत काठमाडौंका अनुसार गुरुङ पनि अदालतमा हाजिर भइसकेका छैनन् ।

Related