विषादी न्युनिकरण गर्ने भूमिका खेल्दै आएको कारितासलाई कृषकद्धारा कार्यक्रम थप गर्न आग्रह
तपाईको प्रतिक्रिया





तराकारीमा रासायनीक विषादी न्युनिकरण गर्नका लागि कृषकलाई तालिम प्रदान गर्दै आएको कारितास नेपाललाई कार्यक्रम थप गर्न माग गरेका छन् । कारितास नेपालले पोखरामा आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा कार्यक्रम थप गर्न माग गरे ।
तरकारीमा विषादी न्युनिकरणका लागि कृषकलाई प्रयोगात्मक रुपमा तालिम कारितास नेपालले तालिम दिदै आएको छ । कारितास नेपालले कास्कीको माछापुच्छे« गाउँपालिका, रुपा गाउँपालिका र पोखराका महानगरपालिकाका केहि वडामा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कृषकलाई विऊ दिएर तरकारी लगाउदा देखी फले सम्म लाग्ने रोग किरा र त्यसको निदानका बारेमा प्रयोगात्मका तालिम कृषकलाई दिदै आएको कारितास नेपाल फिल्ड कार्यलयका प्रमुख शोभा आचार्यले जानकारी दिइन् ।
उनले कृषकहरुलाई कुन समयका कुन किरा लाग्छ र त्यसका लागि जैविक विषादी के हुन सक्छ भन्ने बारेमा जानकारी दिइने बताईन् । उनले जैविक विषादी कसरी बनाउने र कसरी प्रयोग गर्ने भन्ने बारेमा तालिम दिने उनले बताइन् । यो कार्यक्रमलाई आईपिएम पाठशाला भन्ने गरिन्छ ।
समिक्षा कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष प्रकाश पौडेलले आईपिएम कार्यक्रममा कृषकहरुको आक्र्रषण बढेको बताए । उनले पोखरा १५ केही ठाउँमा यो कार्यक्रम सञ्चालन भएको र अन्य ठाउँबाट कृषकहरुले माग गरेको बताए ।
त्यसै गरि पोखरा ७ का वडा अध्यक्ष रामचन्द्र बरालले पोखरा भित्रिने तरकारी सबै विषादी मिसिएको हुन सक्ने बताउदै परीक्षणको व्यवस्था गर्नु पर्ने बताए । उनले पोखरामा धार्दिङ र कार्भेमा विषदी प्रयोग गर्दा कृषक र तकारी सेवन गर्ने दुबैलाई असर गरेको डाटा पोखराका कृषकहरुलाई पनि जानकारी दिएर अर्गानीक खेतीमा उत्पेरीत गर्नु पर्ने बताए ।
त्यसै गरि पोखरा महानगरपालिकाका बरिष्ठ कृषि विकास अधिकृत मनोहर कडरियाले पोखरा महानगरपालिकाले पनि यस वर्ष देखि आईपिएम पाठशालाका कार्यक्रम राखेको बताउदै कारितास सगँ मिलेर काम गर्न सक्ने बताए ।
उनले पोखरामा तरकारी ३० प्रतिशत स्थानीय उत्पादन र ७० प्रतिशत बाहिरबाट भित्रिने बताए । उनले पोखरा भन्दा बाहिरबाट आउने तराकारीमा विषादी मिसिएको हुन सक्ने बताउदै पोखरामा नै विषादी रहित तरकारी उत्पादन कृषकलाई जोडदिनु पर्ने बताए ।
कार्यक्रममा गण्डकी प्रदेश बाली संरक्षण प्रयोगशाला कार्यालयका प्रमुख तथा बरिष्ठ बाली संरक्षण अधिकृत धनबहादुर रानाले पछिल्लो समयमा फौजी किनाराको आक्रमण बढ्न सक्ने बताउदै बेलैमा कृषकहरु सचेत भएर हुनु पर्ने बताए ।
कारितास नेपाल कै सहयोगमा माछापुच्छे गाउँपालिका माछापुच्छे होमस्टे सञ्चालन हुदै आएको छ ।
Related