• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रगतिशिल गायक जीवन शर्मा छोराको उपचारार्थ खर्चको जोहो गर्न साथ खोज्दैं

  •      /२ कार्तिक २०७६, शनिबार १०:३१ ,  प्रकाशीत
  • एउटा सम्पन्न परिवारमा हुर्किएका जीवनशर्मा ति योद्धा भित्र पर्दछन्। जसले आफ्नोखानदानी सम्पन्नता छोडे। अनी जनताको आवाज बुलन्द गर्न गीत र संगीतको माध्यमलेजनतालाई राजतन्त्र विरुद्ध लाग्न अभिप्रेरित गरे।

    जसले पचायत विरूद्ध आवाज उठाए। राजतन्त्र विरूद्धआवाज उठाए। तर सत्ता लिप्साको मोह पालेनन्। निरन्तर विकृत व्यवस्था विरूद्ध आवाज उठाइरहे।

    ‘चाहिदैन मलाई सिसाको महल

    चाहिदैन मलाई चमेलीको बास

    यस्सै राम्रो छ यो मेरो जीवन

    चाहिदैन मलाई सम्पत्ती रास‘

    देश निरङकुश राजतन्त्रको अन्त्य हुदैंसंघिय लोकतान्त्रीक गणतन्त्रमा आइपुगेको छ।राजनितिकआन्दोलनमा कति शहिद भए। कति घाइते भए। कति घरबार विहिन भए।व्यवस्था विरूद्धसँग लाग्न जनतामा चेतनाजगाउने काममा धेरै व्यक्तीहरू आफ्नो जीवनको अमुल्य समय दिए। त्यसैको भर्याङ चढ्दैसत्तामा अहिले आन्दोलनमा लागेका व्यक्तीहरू छन्।

    शर्माले कहिल्यै सौखिन जीन्दगी बाँचेनन्।उनी भन्थे, ‘जनता सुखी भएको दिन म पनि खुशी र सुखी हुनेछु।’

    ‘सिमली छायाँमा बसी

    भरिया लामो सास फेरेको

    उमेर भइसक्यो असी

    न ठुला दुखले घेरेको‘

    इन्जीनियरी पढ्न काठमाडौं आएका शर्माअन्तत जनताका गायक बने।उनले जनताका गीत पाँच सय भन्दा धेरै गाएका छन्। उनी देशमा रहेको गरीबी मेटाउन चाहन्छन्। हरेक नेपालीको अनुहारमा खुशी चाहन्छन्।

    दुई गाँस खानाको लागि कोही तड्पिन नपरोस् भन्ने चाहन्छन्। जनताका लागि जनताका माझमा जनताकै गीत गाएर हिड्ने शर्मा अहिले भने पिडामा छन्।

    जतिसुकै कठोर पिडामा पनि दुखी नहुने उनीआफ्नो छोरा बिरामी भएर उपचार खर्च नहुदाँ भने दुखि भएका छन्। बिहिबार टिचिङ अस्पताल पुग्दा उनी गम्भिर थिए। उनकाछोरा अमृत आचार्यको अन्न नलीमा गम्भीर समस्या देखिएको छ।

    झन्डै ४ दशक लामो जनवादी/प्रगतिशीलगायन र साधनाको क्षेत्रमा लागि परेका उनले जनताको लागि लड्दा लड्दै पैसा कमाउन भुले। रंगिन सपना देख्न भुले। भैपरी आउने समस्यासँग पैसा चाहिन्छ भुले।

    छोरा अमृत आचार्यको अन्ननलीको पहिलो अप्रेसन सम्पन्न भए पनि उनको पुन पेटको अप्रेसन गर्नु पर्ने भएको छ। सामाजिक रूपान्तरणको अभियानमा हिडेका शर्मासँग छोरो उपचार गर्न लाई रकम छैन।

    भनिन्छ थोपा थोपा बनेर समुन्द्र बनेको हो। थोरै रकमले पनि उनको छोराको जीवन बाँच्न सक्छ। मर्त्यु शैयामा उनका छोरा जीवन रमृत्युसँग लड्दै छन्।

    जनताको लागि लडेका शर्मालाई जनताको साथ र सहयोगको आवश्यकता रहेको छ। शर्माको छोराको उपचारको लागि सहयोग गर्न चाहने व्यक्तीले

    अर्जुन आचार्यको नाममा रहेको Global IME Bank Limited को कान्तिपथ शाखामा ARJUN ACHARYA Account No. 0107010046787 जम्मा गर्न सक्नेछन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.