• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको पृथ्वीचोकमा तनाबग्रस्त, प्रदर्शनकारी र प्रहरीबीच झडप

  •      /२ कार्तिक २०७६, शनिबार ११:१४ ,  प्रकाशीत
  • पोखराको मुख्य चोक पृथ्वीचोक शनिबार बिहान करिब १० बजेपछि तनाव ग्रस्त भयो । पोखरा भित्रने र पोखरा हुँदै बाहिर जाने सवारी साधनहरुले सास्ती खेप्नु पर्यो ।

    जिल्ला ट्रफिक प्रहरी कार्यलय अगाडीको दृश्य देख्दा जो कोही पनि भावबिहोल हुने अवस्था थियो । नजिकै ठूलो ट्रक थियो । ट्रक नजिकै दुई जना भूईमा सुतेका थिए र सायद उनीहरु मृत भईसकेका थिए किनकी उनीहरुको शरिमा ठूलो चोट थियो । हेर्ने सबैलाई थाहा भयो की मोटरसाईकललाई ट्रकले हानेछ ।

    हेर्ने सबैले दुख पोख्दै भन्दै थिए कस्तो आँखा नहेरी चलाएको ? बिचार ज्यान नै गएछ । प्रहरीहरुको बाक्लो उपस्थिती हुँदा पनि दुई जनालाई किन अस्पताल लगेन भनेर सडकमा उभिएका मानिसहरु भन्दै थिए भने अर्को तर्फ मृतकका आफन्तहरु प्रदर्शन गर्दै थिए । प्रहरीले प्रदर्शनकारीमाथी अश्लु ग्याँस पनि प्रहार गर्छ, तितरबितर गर्न खोज्छ । पानीका फोहोरा समेत हान्छ ।

    देख्दा लाग्थ्यो फराकीलो सडक त्यो पनि जिल्ला ट्राफिक कार्यालय अगाडी कसरी यस्तो भयो ? तर त्यो घटना बास्तबिक थिएन । बिपत व्यवस्थापन सप्ताह २०७६ अन्र्तगत सडक दुर्घटना व्यवस्थापन सामुहिक अभ्यास गरिएको हो ।

    काल्पनिक रुपमा गरिएको उक्त कार्यक्रम गण्डकीय प्रदेश आन्तरीक मामिला तथा कानुनी मन्त्रालयको आयोजना थियो । पोखराको पृथ्वीचोकमै भएकाले पनि हेर्ने मानिसहरुको उल्लेखनीय उपस्थिती थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.