कास्की २ मा नेकपाबाट विद्याकाे चर्चा, कांग्रेसमा दर्जन आकांक्षी
/४ कार्तिक २०७६, सोमबार १५:२८ , प्रकाशीत
आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि राजनीतिक दलहरुले चुनावी गतिविधि सक्रिय पार्न थालेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट स्थानीय पार्टी समितिवाट धमाधम उमेदवार सिफारिस आउन थालेका छन् भने सत्तासीन नेकपाले उमेदवार सिफारिस गरेर पठाउन भनेको छ ।
मोहन बैद्य नेतृत्वको पार्टीले यसपटक पनि चुनाव बहिष्कार गर्ने घोषणा गरेको छ भने कमल थापा नेतृत्वको राप्रपाले कसैसँग चुनावी तालमेल नगर्ने जनाएको छ ।
सर्वाधिक चासोका रुपमा हेरिएको कास्की २ मा सत्तासीन नेकपाले हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटन मन्त्री तथा सो क्षेत्रका सांसद रविन्द्र अधिकारीकी श्रीमती बिद्या भट्टराईलाई चुनावी मैदानमा पठाउने लगभग निश्चित भएको पार्टी नेताहरुले दावी गरेका छन् । तर स्थानीय पार्टी कमिटीले भने कसैको नाम अघि सारिसकेको छैन ।
स्थानीय नेताहरुको समेत आकांक्षा देखिएका कारण नेकपा कास्कीले नाम भने सिफारिस गर्न सकेको छैन ।
कांग्रेसमा सो क्षेत्रमा एक दर्जन वढीले आकांक्षा देखाएका छन् । कांग्रेसले बागलुङ २ को प्रदेशसभा ‘ख’ र धरान उपमहानगरपालिबाट उम्मेदवारको सिफारिस गरिसकेको छ ।
पार्टी केन्द्रले ३ जनाको नाम पठाउन मातहतका संगठनलाई निर्देशन दिएअनुसार प्रदेश उम्मेदवारका लागि क्षेत्रीय कार्यसमितिको सिफारिसमा सम्वन्धित जिल्ला समितिले रायसहित केनद्रमा नाम पठाउने पार्टीको व्यवस्था छ ।
कांग्रेसले कास्की २ मा पूर्व पर्यटनमन्त्री अधिकारीसँग पराजित देवराज चालिसेलाई नै उम्मेदवार बनाउने चर्चा छ भने खेमराज पौडेल, शोभियत बहादुर अधिकारी, माधव बास्तोला, वीरेन्द्र नारायण बिजुक्छे, लक्ष्मी पाण्डे, महादेव गुरुङ, ऋषि काफ्ले र गुरु बरालले समेत आकांक्षा देखाएका कारण केन्द्रमा नाम सिफारिस हुन सकेको छैन ।
कांग्रेसले धरान उपमहानगरको प्रमुखमा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट पराजित तिलक राईलाई पुनः उम्मेदवारमा दोर्होयाउने भएको छ । तत्कालीन एमालेबाट निर्वाचित मेयर तारा सुब्बाको निधन भएपछि सो क्षेत्रमा चुनाव हुन लागेको हो ।
त्यसैगरी बागलुङ २ ‘ख’ मा कांग्रेस बागलुङले द्रोण कुँवर, कुमारसिंह घर्ती, जीत शेरचन र टेकराज पौडेलको नाम सिफारिस गरेको छ । कुँवर क्षेत्रीय सभापति हुन भने अन्य महाधिवेशन प्रतिनिधि हुन ।
कांग्रेसले उत्तमकुमार ओलीको निधन भएपछि रिक्त दाङ ३ ‘ख’ मा भरत केसी, केशव आचार्य, शंकर डांगी र खेम प्रसाद खरालमध्ये एकजनालाई अघि सार्ने भएको छ ।
भक्तपुर १ ‘क’ मा भने तरुण दलका पूर्व अध्यक्ष विनोद कायस्थको नाम सिफारिस हुनसक्ने स्थानीय नेताहरु बताउँछन् । गत निर्वाचनमा पराजित भएका जीवन खत्री, मनोजकुमार थापा, राजाराम खड्का, सुरेश श्रेष्ठलगायत पनि आकांक्षी छन् ।

Related