कास्कीमा राति १० बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध
/७ कार्तिक २०७६, बिहीबार ११:२० , प्रकाशीत
पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले बेलुका १० बजेपछि देउसी भैलो खेल्न तथा ध्वनि प्रदूषण हुने गरी गीत बजाउन प्रतिबन्ध लगाएको छ ।
तिहार विशेष सुरक्षा सतर्कताका लागि बेलुका १० बजेसम्मको लागि मात्र कास्कीमा देउसी, भैलो सांगितिक कार्यक्रम गर्न आव्ह्वान गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले बताए ।
दीपावलीलाई मयादित तरिकाले मनाउन र शान्ति सुरक्षा कायम गर्नको लागि १० बजेपछि देउसी भैलो खेलेको वा अरूलाई असर गर्ने गरी गीत बजाएको पाइएमा प्रहरीले नियन्त्रणमा लिन सक्ने छ । ‘हामीले राति १० बजेसम्मको लागि देउँसी, भैलो खेल्न आव्ह्वान गरेकाछौं’ उनले भने । ‘यदी कसैले प्रशासनले गरेको आग्रहलाई अटेरी गरी कुनै घटना घटाएको अवस्थामा उनीहरु उपर कारवाही गछौै।’
तिहारको समयमा कसैले पटका ओसार पोसार,बिक्रिवितरण र पट्काएको भेटिएमा सार्वजनिक मुद्धासम्म चलाउने प्रजिय केसीले बताए ।‘हिन्दुहरूको महान् पर्व दीपावलीको अवसरमा हुन सक्ने अवाञ्छित क्रियाकलापहरूको नियन्त्रणको लागि यो निर्णय गरेका हौँ।’ उनले भने ।‘ बेलुकाको समयमा विभिन्न टोलीहरू देउसी भैलो खेल्ने र उनीहरू मध्ये कोहीले मादक पदार्थ समेत सेवन गर्न सक्ने भएकोले अमर्यादित क्रियाकलाप समेत गर्न सक्ने भएकोले सुरक्षा ब्यवस्थालाई मध्यनजर गर्दै १० बजेसम्मको समय तोकिएको हो।’
कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले तिहारमा हुन सक्ने सुरक्षा सम्बेनशिलतालाई मध्यनजर गर्दै ठाउँ ठाउँमा प्रहरीको विषेश टोली खटिने बताए । ‘यदी कानुनले बन्देज गरेका कुनै पनि अबान्छित क्रियाकलाप गरेको भेटिएन तत्कालै कारबाही गर्ने छौं’ उनले भने ।

Related