• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको भोटीखोलामा २ करोड ३८ लाखको लागतमा पुल निर्माण हुने

  •      /७ कार्तिक २०७६, बिहीबार ११:१६ ,  प्रकाशीत
  • पोखरा महानगरपालिका वडा नम्बर १९ को भोटीखोलामा २ करोड ३८ लाखको लागतमा मोटेरेबल पुल निर्माण हुने भएको छ । पोखरा महानगरपालिकाको २ करोड ३८ लाख ५५ हजार रुपैयाको लागतमा पुल निमार्ण हुने छ।

    साविक लामाचौर र पुरनचौर गाविसको सिमानामा पर्ने भोटीखोलामा निर्माण हुने पुलको बिहीबार पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले शिलान्यास गरेका छन् ।

    पुल शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख जिसीले जनताले तिरेको करबाट नै महानगरले पुल निर्माण थालेको बताए । ‘महानगरले ढाड सेक्ने गरी कर उठायो भन्ने गुनासो सुनिन्छ,’ प्रमुख जिसीले भने,‘जनताले तिरेको करबाट संकलित रकमलाई महानगरले विकास निर्माण लगायतमा खर्च गरेको छ ।’ महानगरले उठाएको कर सही ढंगले सहुपयोग भएको छ कि छैन यसमा जनताले चाँसो दिनुपर्ने प्रमुख जिसीले बताए ।

    पुल निर्माणको काममा गुणस्तर कायम गर्न कुनै सम्झौता नगरिने बताउँदै प्रमुख जिसीले जनताले तिरको करबाट नै महानगरले पुल निर्माण गर्न लागेकाले पुल निर्माणमा निगरानी गर्न स्थानीय जनतालाई आग्रह गरे ।

    पुल निर्माणलाई त्यहाँका स्थानीय बासिन्दाको आर्थिक उपार्जनसँग जोडेर हेर्नुपर्ने प्रमुख जिसीले बताए । महानगरपालिकाले यस वर्ष ७ वटा पुल निर्माणको कामलाई अगाडि बढाउने उनले जानकारी दिए ।

    पोखरा महानगरपालिका इन्जिनियर धु्रव भट्टराईले २५ मिटर लम्बाई र साढे सात मिटर चौडाइको आरसीसी पुल निर्माण हुने बताए । उनका अनुसार पोखरा महानगरपालिकाले उक्त पुलनिर्माणको लागत अनुमान २ करोड ९२ लाख ९७ हजार गरेकोमा श्रीगीता कन्स्ट्रक्सन स्याङ्जाले २ करोड ३८ लाख ५५ हजारमा काम सक्ने गरी सम्झौता गरेको छ ।

    निर्माण कम्पनीले २०७७ मंसिरमा पुल सम्पन्न गर्ने सहमतिमा निर्माण कार्य अगाडी बढाएको छ।निर्माण कम्पनीका राजेश मल्लले तोकिएको समय भन्दा अगाडि नै पुल निर्माण गरिसक्ने प्रतिवद्धता व्यक्त गरे ।पुल निर्माणपछि साविक लामाचौर, पुरनचौर र माछापुच्छे«, सार्दीखोला, करुवा लगायतका क्षेत्रका बासिन्दा लाभान्वित हुनेछन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.