डा.गोविन्द केसीले १८ कात्तिकदेखि पुनः अनशन थाल्ने भएका छन् । यसअघि १३ कात्तिकदेखि अनशन बस्ने घोषणा गरेका उनले पाँच दिन पछि सार्दै १८ कात्तिकदेखि अनशन बस्ने घोषणा गरेका हुन् ।
डा.केसीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट अवकाश लिँदै गर्दा आफ्ना पुराना माग ८ कात्तिकसम्म पूरा नगरे १३ कात्तिकदेखि अनशन बस्ने घोषणा गरेका थिए ।
तर, उनले आफ्नो अल्टिमेटम मिति आउन पाँच दिन बाँकी छँदा स्थगन गरी मिति केही पछि सारेका छन् । हिन्दू धर्मालम्बीको दोस्रो ठूलो तिहारका कारण आफूले आन्दोलनका कार्यक्रम केही दिन पर सारेको केसीले बताएका छन् । चिकित्सा शिक्षाको सुधार हुनुपर्ने माग राख्दै सरकारलाई दबाब दिन उनले १६ पटकसम्म अनशन बसिसकेका छन् ।

Related