• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

वीर योद्धाहरुको भूमिका इतिहास पानाहरुमा लेखिनु पर्छ ‐ मुख्यमन्त्री गुरुङ

  •      /९ कार्तिक २०७६, शनिबार १४:५८ ,  प्रकाशीत
  • गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले इतिहासको गौरवगथामा टेकेर राष्ट्रिय स्वाभिमानलाई कायम राख्न सक्नुपर्ने बताएका छन् ।

    इतिहासको विभिन्न मोडमा पुर्खाले देशको स्वाभिमानका लागि दिएको बलिदानीकै कारण नेपाल अहिलेसम्म कसैको अधिनमा बस्न नपरेको मुख्यमन्त्री गुरुङको भनाई छ । तनहु“ जसपुरमा शिकारी सरदार वंशु गुरुङको शालिक अनावरण गर्दै मुख्यमन्त्री गुरुङले देशको लागि बलिदानी दिने सपुतहरुको सधैं उच्च सम्मान गरिने समेत बताए ।

    मुख्यमन्त्री गुरुङले इतिहासको सही मुल्याङकन आवश्यक रहेको भन्दै नेपालको इतिहासमा समेटिन नसकेका महान सहिदहरु धेरै रहेको बताए । ‘इतिहासलाई न्याय दिने भनेको इतिहासमा नलेखिएका वीरगथाहरु अब लेखिनुप¥यो, इतिहासमा नसमेटिएका महान व्यक्तिहरुलाई अब समेट्नुप¥यो र सिंगो राष्ट्र र जनताले सम्मान गर्ने ठाउ बनाउनुपर्छ’ ‐ मुख्यमन्त्री गुरुङले भने ।

    इतिहास जित्नेहरुले लेख्छन भन्ने भनाई नेपालको इतिहासमा समेत लागु हुने भन्दै मुख्यमन्त्री गुरुङले बंश गुरुङवीर योद्धाहरुको भूमिका अव इतिहास पानाहरुमा लेखिनुपर्ने बताए ।

    इतिहासका महान वीरहरुको सालिकहरु बन्ने काम सकरात्मक भएको बताउदै उनले सालिक मात्र बनाएर उनीहरुको प्रति दायित्व भने पुरा नहुने बताए । प्रदेश सरकारले यस्ता व्यक्तिहरुको ऐतिहासिक महत्वलाई सवैका सामु पु¥याउन र त्यसबाट शिक्षा लिने काम प्रेरित गरिने समेत उनले बताए ।

    गण्डकी प्रदेशमा भक्ति थापा, अमरसिंह थापा र सरदार बंश गुरुङजस्ता वीर योद्धाहरु, भानुभक्त आचार्य, लेखनाथ पौडैल जस्ता साहित्यकारहरु र हर्क गुरुङ जस्ता योजनाविदको प्रदेश भएकोले यी सवै स्रष्टालाई प्रदेशले उत्तिकै सम्मान गर्ने उनले बताए ।

    कार्यक्रममा बोल्दै इतिहासविद तथा राष्ट्रिय प्रज्ञा प्रतिष्ठान उपकुलपति डाक्टर जगमान गुरुङले गोर्खा शाह बंशका राजाहरुले तत्कालिन गुरुङहरुको बहादुरी फाइदा लिए पनि इतिहासमा भने उनीहरुको वीरता समेट्न नसकेको बताए । विश्वविजय अभियानमा रहेको विट्रिश सम्राज्यको सेनालाई पहिलोपटक सिन्धुली गढीमा बंश गुरुङ नेतृत्वको टोलीले पराजित गरेको उपकुलपति गुरुङको दावी थियो ।

    वंश गुरुङबारे खोज गरेर पहिलो पटक बाहिर ल्याउने पत्रकार तथा नेपाल आदिवासी जनाजाति पत्रकार महासंघ फोनिज अध्यक्ष डण्ड गुरुङले वंशजस्ता वीर सुपुतलाई राष्ट्रले सम्मान गर्नुपर्ने बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.