• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

धुमधामका साथ घरघरमा आराधाना सहित लक्ष्मीपूजा गरिँदै

  •      /१० कार्तिक २०७६, आईतवार १४:१३ ,  प्रकाशीत
  • हिन्दुहरूको दोस्रो महान् पर्व यमपञ्चकको दोस्रो दिन आइतबार लक्ष्मीपूजा गरिँदै छ। प्रत्येक वर्ष कात्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइने र कुकुरपूजाको भोलिपल्ट औंसीमा लक्ष्मीपूजा गर्नुपने शास्त्रीय विधान भए पनि यस वर्ष तिथि घटबढका कारण आइतबार साँझ नै लक्ष्मीपूजा गरिने भएको हो।

    कुकुरलाई भैरवको वाहन पनि मानिन्छ। यस दिन कुकुरको पूजा गरी कुकुरलाई टीकामाला लगाइदिएर मीठामीठा पक्वान्न खुवाउने चलन रहेको छ। वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभागप्रमुख प्राडा देवमणि भट्टराईका अनुसार यस दिनलाई शास्त्रमा नरक चतुर्दशीका रूपमा उल्लेख गरिएकाले बिहान सूर्य नउदाउँदै तेल लगाएर नुहाउने र चारसरे दीप बालेर नदीमा बगाउनुपर्छ। कुकुरको पूजा गरी सो दिन बेलुका साँझमा यमलाई दीपदान गर्नुपर्ने पौराणिक ग्रन्थमा उल्लेख छ।

    त्यस्तै समुन्द्र मन्थन गर्दा यसै दिन लक्ष्मी प्रकट भएको शास्त्रमा उल्लेख भएको आधारमा आइतबार साँझ नै लक्ष्मीपूजा मनाइँदै छ। ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको श्रद्धापूर्वक पूजा गर्नाले वर्षभर लक्ष्मीको बास हुन्छ भन्ने मान्यता रहेको छ।

    सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा यस बिहानै घर सफासुग्घर र लिपपोत गरी साँझ दीपावली गरेर लक्ष्मीलाई बोलाइन्छ। विशेषगरी घरका झ्यालढोका, कोठा, ढुकुटी,सँघार, कौसी, अटाली र भ-याङलगायत स्थानमा दीपावली गरिन्छ।

    महालक्ष्मी पूजाको रातलाई सुखरात्रि पनि भनिन्छ। लक्ष्मी पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने ठाउँसम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ। पाइलैपिच्छे माटाको पालामा दीप प्रज्वलन गरी झिलिमिली बनाइन्छ। दीपावलीपछि पूजाकोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, जनाइसुपाडी, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ।

    लक्ष्मीपूजासँगै कन्या वा छोरीचेलीलाई लक्ष्मीको रूपमा पूजा गरी दक्षिणासमेत दिइन्छ। घरमा लक्ष्मीपूजापछि रुपैयाँपैसा वा सुनचाँदीलगायत सामान घरबाहिर पठाए लक्ष्मी जान्छिन् भन्ने धार्मिक मान्यता रहेको छ। लक्ष्मीपूजा गरेपछि महिला दिदीबहिनी भेला भई समूहमा भैलो खेल्छन्।

    कात्तिक कृष्ण चतुर्दशी, औंसी र कात्तिक शुक्ल प्रतिपदाका दिन भगवान् विष्णुबाट स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले मागेर यी तीन दिन राज्य सञ्चालन गरेकाले बलिराजाले पठाएको भन्दै भैलो र देउसी खेली माग्ने चलन रहेको छ।त्यस्तै सोमबार गाईगोरु र गोवद्र्धन पूजा गरी मनाइँदै छ। गोवद्र्धन पूजाका दिन गाई तथा गोरुको पूजा गरी तेल लगाइदिने, टीका लगाई चामलको रोटी तथा पीठो खान दिने प्रचलन छ।

    पौराणिक ग्रन्थमा इन्द्रको पूजा गर्ने चलनविरुद्ध श्रीकृष्णले गोकुलवासीलाई इन्द्रको सट्टा गोबरको थुप्रो अथवा गोवद्र्धन पर्वतको पूजा गराउन लगाएको आधारमा यस दिन गोवद्र्धन तथा गाईगोरु पूजा गर्न थालिएको उल्लेख छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.