तीन नेपालीको भारतमा धारिलो हतियार प्रयोग गरि हत्या
/११ कार्तिक २०७६, सोमबार ०६:३० , प्रकाशीत
भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या भएको छ । उनीहरुको कात्तिक ८ गते हत्या भएपनि आइतबार मात्रै थाहा भएको हो ।
पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको हो ।
उनीहरुले पिथौरगढको सिलौल मड भन्ने ठाउँमा गएको डेढ वर्षयतादेखि मजदूरी गर्दै आइरहेका थिए । हरे बोहराकी श्रीमती किर्रा फरार रहेकीले यो घटनामा उनको संलग्नता हुन सक्ने आशङ्का गरिएको छ । शवलाई पिथौरागढ जिल्ला अस्पतालमा राखिएको छ ।
बीरा केही महीना अघि मात्रै दाजुभाउजूलाई भेट्न पिथौरागढ गएकामा उनी पनि उतै मजदूरी गर्दै आएका थिए । हत्या कसले गरेको हो भन्नेबारे खुल्न सकेको छैन ।

Related