स्याङ्जामा कार दुर्घटनामा परी २ जना घाइते भएका छन् । वालिङबाट गल्याङ तर्फ जाँदै गरेको बा २० च ५७२ नम्बरको कार वालिङ–१३ पाठेखोलामा दुर्घटना हुँदा २ जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा गल्याङ नगरपालिका–१ का माधव बस्याल र वालिङ–८ बस्ने कृण्ण सुवेदी रहेको ट्राफिक कार्यालय वालिङले जनाएको छ ।
कारका चालक बस्याल गम्भीर घाइते भएकाले उनलाई उपचारका लागि पोखरा रिफर गरिएको रसुवेदी सामान्य घाइते भएका कारण वालिङमा नै उपचार भइरहेको वालिङ ट्राफिक कार्यालयका प्रहरी हवलदार शंकर रिमालले बताए ।
तिव्र गतिका कारण कार दुर्घटना भएको रिमालले जानकारी दिए । उनका अनुसार कार सडकबाट करिव ५० मिटर तल खसेको थियो । स्थानीय र प्रहरीको सक्रियतामा घाइतेलाई उद्धारगरी वालिङ प्रथामिक स्वास्थ्य केन्द्रमा पु¥याएका थिए ।

Related