भिआईपी जुवाडेको बिल्लिवाठ सर्वोच्चले धन्यो गर्यो थुनुवामै राखेर अनुसन्धान गर्नू
तपाईको प्रतिक्रिया





सर्वोच्च अदालतले दुई करोड ६७ लाख रुपैयाँसहित महाराजगञ्जबाट गत आइतवार बिहानै पक्राउ परेका जुवाडेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।
पक्राउ परेका २५ जनामध्ये ६ जनाले हालेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै अदालतले ती जुवाडेलाई हिरासतमै राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको हो। महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तको टोलीले पक्राउ गरेका २५ जुवाडेमध्ये ६ जनाले गत आइतबार बन्दी प्रत्यक्षीकरण रिट निवेदन दिएका थिए।
उक्त रिटमा बुधबार सुनुवाइ गर्दै सर्वोच्चले बलराम सापकोटा, पवित्रकुमार कार्की, श्रवणकुमार गोयल, पवनकुमार गुप्ता, विक्रम गौतम र मुक्ति लामालाई थुनामुक्त गर्न अस्वीकार गरेको हो।
सर्वोच्च अदालतका न्यायाधीश पुरूषोत्तम भण्डारीको एकल इजलासले आइतबार बन्दी प्रत्यक्षीकरण रिट हालेका बलेसहित ६ जनालाई थुनामुक्त गर्न अस्वीकार गरेको हो।
भण्डारीको इजलासले यही सोमबार र आज (बुधबार) बन्दी प्रत्यक्षीकरण रिट निवेदन दिएका अन्य ८ जनालाई पनि म्याद तामेल गरेर हाजिर गराउन आदेश दिएको हो।
Related