रौतहट सदरमुका गौरमा बुधबार गोली चलेको छ। गौर नगरपालिका–३ मा गोली चल्दा एकजना भारतीय नागरिक घाइते भएका छन्।
घाइते हुनेमा भारतको बिहार राज्य घर भएका ४५ वर्षीय विजय साह रहेका छन्। उनको पेटमा गोली लागेको छ। कपडा तस्करले गोली प्रहार गरेको उनले आरोप लगाएका छन्।
गौरको वडा नम्बर ३ स्थित विद्युत प्राधिकरण अगाडि उनीमाथि गोली हानिएको थियो। घाइते साहका अनुसार गोली हान्ने पनि भारतीय नागरिक नरेश राम हुन्। आपसी विवादका कारण गोली प्रहार गरिएको प्रहरीको अनुमान छ।

Related