गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङसहित ४ जनाको टोली अमेरिका प्रस्थान
/१५ कार्तिक २०७६, शुक्रबार १३:४४ , प्रकाशीत
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ साताव्यापी भ्रमणका लागि सयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।
अमेरिकी डिपार्टमेण्ट अफ जस्टिसको निमन्त्रणामा मुख्यमन्त्री गुरुङ सहित आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान, मुख्य न्याधिवक्ता डाक्टर राजेन्द्र घिमिरे र प्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरे शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन ।
भ्रमणको क्रममा संघीय शासन प्रणालीमा संघ, प्रदेश र स्थानीय तहवीच समन्वय स्थापित गर्न सघाउने विभिन्न राज्यका तालिममा भ्रमण टोलीले भाग लिनेछन । मुख्यमन्त्री गुरुङका अनुसार प्रहरी र न्याय समितिहरुले तहगत रुपमा गरेका समन्वयको विषयमा भ्रमण टोलीले विस्तृत अध्ययन गर्नेछ ।
‘अमेरिकी राज्यहरुमा संघ र राज्यका प्रहरीहरुले कसरी समन्वय गरेर काम गरेका छन, यसमा भ्रमण केन्द्रित हुनेछ’ मुख्यमन्त्री गुरुङले भने ‘महान्याधिवक्ता, मुख्यन्यायधिवक्ता र स्थानीय न्याय समितिहरुले कसरी समन्वय गरेर काम गरेका छन यसमा पनि अमेरिकाबाट सिक्न चाहन्छौ ।’
उनका अनुसार संघीयतामा होरिजेण्टल र भर्टिकल चेन अफ कमाण्ड कसरी स्थापित गर्ने भन्ने विषयमा छलफल गर्न विभन्न राज्यका प्रतिनिधिहरुसंग भेट गर्ने कार्यक्रम तय भएको छ ।

Related