• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेकपाको केन्द्रीय कमिटीद्धारा कास्की–२ मा विद्या भट्टराईको नाम सर्वसम्मत

"गण्डकी प्रदेशका ईन्चार्ज गुरुङको तिकडम फेल "
  •      /१६ कार्तिक २०७६, शनिबार १४:५१ ,  प्रकाशीत
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उम्मेदवार फाइनल गरेको छ । नेकपा गण्डकी प्रदेशले स्वर्गीय नेता रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएकोमा शनिबार बसेको नेकपा सचिवालय बैठकले विद्यालाई नै टिकट टिने निर्णय गरेको हो ।

    प्रदेशले भट्टराईसहित नेताहरु सोमनाथ प्यासी र राजकाजी गुरुङको नाम पनि केन्द्रमा पठाएको थियो । तर नेकपाले विद्याकै नाममा सहमति जुटाएको हो । नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले शनिबार बसेको सचिवालय बैठक विद्याको नाम टुंगो लगाएको आफूहरुलाई जानकारी गराइएको बताए ।

    उनले उम्मेदवारको टुंगो लागिसकेको भएपनि औपचारिक घोषणा भने आइतबारको सचिवालय बैठकपछि गरिने तय भएको जानकारी दिए ।

    स्रोतका अनुसार कास्की–२ बाहेक अन्य निर्वाचन क्षेत्रमा भने उम्मेदवारको टुंगो लाग्न बाँकी छ । शनिबारको सचिवालय बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने उम्मेदवारको टुंगो आइतबार लगाइने बताएका थिए ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उम्मेदवारहरुबारे प्रारम्भिक छलफल सुरु भएको र आइतबार फेरि बैठक बसेर उम्मेदवारको टु्ंगो लगाउने श्रेष्ठको भनाइ थियो ।

    उनका अनुसार पार्टीका क्षेत्रीय निर्वाचन समयन्वय कमिटी, जिल्ला र प्रदेश कमिटीबाट आएका सिफारिसबारे शनिबारको सचिवालय बैठकमा नेताहरुबीच प्रारम्भिक छलफल भएको छ भने आइतबार थप छलफल गरेर उम्मेदवारको घोषणा गरिनेछ ।

    ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुन लागेको हो ।

    कास्कीमा जिल्ला कमिटीकै सिफारिस सदर

    कात्तिक ८ गते नेकपा कास्कीले विद्या भट्टराईको नाम सिफारिस गरेको थियो । तत्कालीन पर्यटनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि नेकपाले भट्टराईको नाम सिफारिस गरेको थियो ।

    तर, कात्तिक १३ गते नेकपा गण्डकी प्रदेशले भट्टराईसहित नेताहरु सोमनाथ प्यासी र राजकाजी गुरुङको नाम थपेर केन्द्रमा पठाएको थियो । अन्ततः केन्द्रले कास्की जिल्ला कमिटीकै नाम सदर गरेको छ ।

    निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने अन्तिम म्याद २१ कात्तिक बिहान १० बजेदेखि दिउँसो १ बजेलाई तोकेको छ ।

    सिङ्गो देशकै ध्यान खिचेको कास्की २ उपनिर्वाचन प्रतिनिधिसभाको एकमात्र रिक्त स्थान पनि हो । यसअर्थमा पनि कास्की २ को उपनिर्वाचनलाई विशेष महत्वकासाथ हेरिएको छ ।
    ratopati

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.