प्रहरीले प्रधानमन्त्रीका सुरक्षागार्ड (एडिसी) लाई नै जुवाको खालबाट पक्राउ गरेको छ। काठमाडौँको सामाखुसीबाट प्रधानमन्त्री केपी ओलीका सुरक्षागार्ड मेजर राजेन्द्रबहादुर शाहीसहित आठजना जुवाडे शुक्रबार पक्राउ परेका हुन् ।
बिदामा बसेका दिन शाही जुवाखालबाट समातिएका हुन्। महानगरीय प्रहरी विभाग गोंगबुले उनीहरुलाई शुक्रबार राति एक लाख ५९ हजार रुपैयाँ नगदसहित सोमबहाादुर मगरको घरमा चलाइएको जुवाखालबाट पक्राउ गरेको हो।
पक्राउ परेकाहरूलाई हिरासतमा राखी कारबाही अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी उमेश लम्सालले जानकारी दिए। म्यारिज खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। शाही जुवाका अम्मली नै भएको प्रहरीले जनाएको छ।

Related